Thursday, January 19, 2017

“हिन्दु बुद्ध मन्दिर” को “लोगो” डिजाइनका लागि सार्वजनिक आह्वान !!!!!

नेपाली समुदायहरुको आफ्नै प्रयासमा बाल्टिमोर मेरिल्याण्ड राज्यमा बनाउन शुरु गरिएको पहिलो “हिन्दु बुद्ध मन्दिर” को लागि अत्यन्तै महत्त्वपूर्ण रहेको मन्दिरको लोगो डिजाइनको लागि सम्पुर्ण मेरिल्याण्डवासीहरुलाई खुल्ला आव्हान गरिएको छ। नेपालको हाम्रो मौलिक भाषा, संस्कृति, सभ्यता  सहित हिन्दु र बौद्ध धर्मको परिचय र पहिचान झल्काउने “सरल र अर्थपुर्ण लोगो” का लागि इच्छुक सर्वसाधारण तथा डिजाइनहरु सबैमा खुल्ला अनुरोध गरिएको छ।
हिन्दु बुद्ध मन्दिरको “लोगो डिजाइन” का लागि खुल्ला रुपमा गरिएको यस आह्वानमा हर कोही उमेर समुहका इच्छुक बाल्टिमोर-मेरिल्याण्डवासी नेपालीहरुले खुल्ला रुपमा भाग लिन सक्नेछन्। तपाईले यसको लागि आफुमा भएको विलक्षण प्रतिभालाई सादा कागजमा उतारेर वा प्रिन्ट गरेर त्यसको तस्वीर खिचेर हामीलाई यहि मिति: जनवरी २३ तारीख सोमबार भित्र  Nepali American Cultural Center को Facebook पेज मार्फत पठाई सक्नुपर्नेछ। यसको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।
प्राप्त लोगोहरु मध्येबाट मन्दिर निर्माण स्वयंसेवक कमिटी, मार्फत उत्कृष्ट ५ ओटालाई छ्नौट गरि उक्त उत्कृष्ट ५ मध्येबाट पनि फेरि सम्पुर्ण मेरिल्याण्डवासी सर्वसाधारणहरुमा फेसबुक पोल भोटिङ गरि सर्वोकृष्टलाई छ्नौट गरिने छ। यसरी छनौट भएको सर्वोकृष्ट लोगो नै भोलीका दिनहरूमा मन्दिरका लागि आधिकारिक र बैधानिक लोगोको रुपमा प्रयोगमा ल्याइनेछ। उत्कृष्ट ५ लोगो डिजाइन गर्ने सहयोगीहरुलाई प्रायोजनहरुका मार्फत संकलित आकर्षण उपहारहरु सहित प्रमाण पत्रले विशेष सम्मान गरिने छ।
नेपाली अमेरिकन कल्चरल सेन्टरको विशेष अगुवाइमा आज सयौं बाल्टिमोरवासी नेपाली युवा, बृद्ध लगायत महिला तथा गृहणीहरुको संवत्: सफुर्त परिचालनले अघि बढिरहेको यस अभियानमा बाल्टिमोर मेरिल्याण्डका तपाईं हामी र हर कोही इच्छुक ब्यक्ति वा परिवार सहभागी बन्न र मन्दिर निर्माणको यस महान कार्यमा हातेमालो गर्न सक्दछौं । आउनुहोस् हामी सबै मिलि यो मन्दिर निर्माणको कार्यलाई सफल पारौं।
“GO FUND ME” मार्फत मन्दिरका लागि सहयोगका गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
सम्पर्क थप जानकारीका लागि:
नेपाली अमेरिकन कल्चरल सेन्टर
हिन्दु बुद्ध मन्दिर
बाल्टिमोर, मेरिल्याण्ड

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...