Sunday, January 22, 2017

चलचित्र जोकरको जिरो फिगर गित सर्बाजनिक संगै गायक ध्रुब बिस्कोको चर्चा चुलिदो(भिडियो सहित)

 

सुर्य चन्द काठमाडौँ  – चलचित्र जोकरको जिरो फिगर नामक गित सर्बाजनिक संगै गायक ध्रुब बिस्कोको चर्चा चुलिदै गएको l मिठो आवाजका धनि गायक ध्रुब बिस्को जिरो फिगरको गित सार्बाजानिक भए लगत्तै चलचित्र पार्श्व गायनमा व्यस्तता बढ्दैगएको छ l चलचित्र जादुगर २ जोकरले एक पत्रकार सम्मेलन गरि चर्चित गित जिरो फिगर सहित अन्य तिन वटा गित समेतसार्बजनिक गरिएको थियो l उक्त गित जिरो फिगरमा गायक ध्रुब बिस्को संग सुमन गुरुङले आफ्नो आवाज भरेकी छिन l याकइन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको चलचित्र जोकर यहि आउदो चैत्र ४ गते नेपाल भरप्रदर्शन हुने भएको छ l काठमाडौँमा एक पत्रकार सम्मेलन गरि उक्त कुराको घोषणा गरिएको हो l उक्त पत्रकार सम्मेलनमाआवाजका दुनियाका साथि दिनेश डिसी, अभिनेता शिब श्रेष्ठ, नबराज श्रेष्ठ, मधु कुमार श्रेष्ठ, भाष्कर श्रेष्ठ, गोपाल कास्थ्य, गायिकासुनिता दुलाल लगायत अन्य व्यक्तित्व तथा उल्लेखनिय मात्रामा पत्रकारहरुको उपस्थिति रहेको थियो l साथै उक्त पत्रकारसम्मेलनमा जादुगर २ जोकर चलचित्रको चार वटा गित समेत सार्बजनिक गरिएको थियो l उक्त पत्रकार सम्मेलनमा नेपालीजनताहरु को भावना अनुरुप नेपालीहरुको नै जीवन चक्रमा आधारित हास्यप्रधान नेपाली कथानक चलचित्र जोकर एकदमैराम्रो बनेको र नेपाली दर्शकहरुको चाहना अनुरुप बनेको निर्माण पक्षले जानकारी दिएका थिए l  चलचित्रको कथा बस्तु एकदमराम्रो र दर्शक हरुलाई मनोरंजन दिन सक्ने बनाएको हुनाले चलचित्र जादुगरको सफलता पछी महादेव त्रिपाठीले चलचित्रजोकर लिएर आएका हुन् l
जोकर फिल्मको निर्देशन महादेव त्रिपाठी आफैले गरेका हुन् भने यस चलचित्रमा चर्चित जादुगर, हास्यकलाकार तथा कुशलअभिनेता महादेव त्रिपाठी,नव नायिका सिम्पल खरेल, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी(मुलको साग), संगीतालामा, राजिब धमला, शिव शंकर रिजाल(जोगेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्यैकिअप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरि, विनोद राई, सरु धिमाल, संचारकर्मी सुर्य चन्द रेशम फिरिरी लागायतका कलाकारहरुकोअभिनय रहको छ l
त्यस्तै यस चलचित्रका निर्मातामा मधुर बस्नेत रहेका छन भने यस चलचित्रका छायांकन मधुर बस्नेतले नै गरेका हुन् l लेखकबिशेष पन्तको लेखन रहेको यस चलचित्रमा द्वन्द सम्राट बस्नेत र गीत संगीतकारहरुमा ध्रुब बिस्को, सुगम पोखरेल, टंकबुढाथोकी र कमल खत्रीको रहेको छ, कलर तथा चलचित्र सम्पादनमा नितेश लामा छन् भने प्रोडक्सन म्यानेजरमा राजिब धमलाछन l
भिडियो हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...