Saturday, January 21, 2017

राष्ट्रपति ट्रम्प लाई महिलाहरुको जोडदार सन्देश

जनवरी २१ ,महिलाहरुको समुहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प लाई जोडदार सन्देश दिएका छन् l पूर्व कार्यक्रम अनुसार डीसीमा ४५ औ राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प लाई ध्यानाकर्षण गराउदै सपथ ग्रहणको भोलि पल्ट डीसीमा लाखौ को संख्यामा उपस्थित भै ऐक्यबद्धता देखाउदै खबरदारी समेत गरेका छन l

महिला समानता तथा महिला सशक्तिकरण का मुद्धालाई आवाज बुलुन्द पार्न तथा यस बिषयलाई अझ प्रभावकारी बनाउन गरिएको जुलुसमा हिडेका प्रदर्शनकारीले राष्ट्रपति ट्रम्पले महिला प्रति लिएर हिडेको मुल्य तथा आदर्श को बिरोध मा सहभगिता जनाएका बताएका थिए l

बिशेष गुलाबी रङ्गका वस्त्रमा आएका सहभागीहरुले राष्ट्रपति ट्रम्प लाई ध्यान गराउदै चर्का नारा लगाउदै बिरोध समेत गरे l अनेक प्रकारका झन्डा ,तुल ,प्रचार प्रसार तथा संदेश लेखेका सामाग्रीहरु हातमा लिएर झाँकी सहित सहभागीहरु उत्साहपूर्वक आफ्ना आवाज सुनाउने ध्येयमा तल्लिन थिए l

र डोनाल्ड ट्रम्प ले अगि सारेका केहि कार्यसूचीलाई अर्को चार बर्ष सम्म परिवर्तन गर्न दिदैनौ भन्ने जोडदार संदेश फैलाएका थिए l डीसी मा हुने उक्त भेलामा अमेरिकाका कैयौ राज्यहरुबाट सहभागीहरु आएका थिए l

प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प लाई लक्षित गर्दै पहिलो दिन मा स्वागत छ भन्दै हामी कहिले जाने छैनौ भन्ने नारा समेत लगाएका थिए भने अर्का थरि महिला महिलाको अधिकार र प्रजातन्त्र भनि नारा लगाएका थिए l

डीसी रेल सेवाले ५ लाख ९७ हजार यात्रीहरु भएको सामाजिक संजालमा लेखेको जानकारी दिएको थिए भने मुख्य सहरका रेल चौकीहरु भरि भराउ भएको जनाएको थियो l महिलाहरु कहिले पछाडी हट्दैनन् , ज्यादा प्रेम र कम भय लेखेका सामाग्रीहरु प्रस्तुत गरेका थिए l राष्ट्रपति ट्रम्प ले चुनावी अभियानमा आफुले लिएर हिडेका महिला समुदाय तथा वर्ग प्रति उठाएका मुद्धाहरु गर्भ पतन ,स्वास्थ्य बिमा ,बिबिधता तथा मौसम परिवर्तनको निन्दा गरेका थिए l

डीसीमा राखिएको प्रदर्शन लाई समर्थन जनाउदै न्युयोर्क ,सिकागो ,लसएन्जेलस ,कोलोराडो ,फिलाडेल्फिया को साथै विश्व ब्यापी रुपमा पेरिस ,बर्लिन ,लन्डन ,प्राग ,सिड्नी ,दक्षिण अफ्रीका तथा अन्य देशमा पनि प्रदर्शन भएको छ l

अमेरिकन कलाकार फेरेराले हामी डीसी राष्ट्रको नैतिक मर्मको लागि आएकी बताएकी थिइन् भने प्रसिद्ध गायिका मेडोनाले यो भयङ्कर अवस्था भनि टिप्पणी गरेकी थिइन् भने भाषण गर्ने क्रममा अश्लिल शब्द प्रयोग गरेकी थिइन् l उनले ठाडै राष्ट्रपति ट्रम्प को खुलेर बिरोध गरिन l

आयोजकले जानकारी दिए अनुसार झन्डै ६ सय भन्दा ज्यादा सिस्टर मार्चेज “भगिनी जुलुस” अमेरिका तथा विश्व भर भ्रमण गर्ने योजना रहेको खबर सीबिएसमा छ l महिला ले आयोजना गरेको कार्यक्रम रहेता पनि पुरुषहरुले सहभगिता जनाएका थिए l

अमेरिका भर भएको प्रदर्शनीमा नेपाली मूलका महिला अधिकारकर्मी तथा सामाजिक कार्यकर्ताहरुले समेत ऐक्यबद्धता देखाएका छन् l

तस्बिर :एपी/सीबिएस/रिउटर्स 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...