Monday, January 30, 2017

बेलायतमा बजगाईंको ‘कवच’ सार्वजनिक

लन्डन, १७ माघ, २०७३
 बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह कवच नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास श कर्नरमा आफैले सार्वजनिक गरे ।
 बेलायतको एयोट सन्ट लरेन्समा अवस्थित निवासमा करिब पैतालिस वर्ष  बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा स्मारकहरुको संचालन र संवर्धन गर्ने बेलायतको  नेशनल ट्रष्टले म्युजियमको रुपमा संचालन ल्याएको छ ।
लामो समयदेखि युरोपमा बस्दै आएका बजगाईंको यस अघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशित भईसकेका छन् । विगत एघार वर्षदेखि उनले लोकप्रिय साहित्यिक अनलाईन समकालीन साहित्य डट कमको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् ।
 विवेक सिर्जनशिल प्रकाशन, काठमाण्डौंले प्रकाशन गरेको कवच लघुकथासङ्ग्रहमा डायोस्पोरिक जीवन, समसामयिक घटना, धर्म, राजनीति, प्रेम, यौन, शोषण, भ्रष्टाचार, बिसंगती आदि विषयवस्तुका तिख्खर  लघुकथाहरु छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...