Wednesday, January 25, 2017

छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार भएको : मन्त्री महत

तुलसीपुर (दाङ), १२ माघ । परराष्टमन्त्री डा प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताउनुभएको छ ।

प्रेस युनियन दाङले आज दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उहाँले पछिल्लो समयमा चिसिएको मित्र राष्ट्रसँगको सम्बन्ध विस्तार हँुदै गएको बताउनुभयो । “भारत, चीनसँगको सम्बन्ध सुधारका लागि नियमित बैठक भइरहेको छ, यसले पनि राम्रो परिणाम दिएको छ” उहाँले भन्नुभयो ।

विदेशमा काम गर्न गएका नेपालीको बिमा व्यवस्थापनका लागि दुई महिनाभित्र अध्ययन अवलोकन गर्न कार्यदल बनाएको समेत बताउनुभयो । उहाँले बिमा समितिसँग कुरा भएको र छिट्टै त्यो लागू हुने जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहनुभएका मन्त्री महतले सबै दललाई सहमतिमा ल्याउन र संविधान संशोधन तथा स्थानीय निकायको निर्वाचन गराउन सरकार लागिपरेको बताउनुभयो ।

उहाँले वर्तमान गतिरोधको निकास र मुलुकको विकास अगाडि बढाउनका लागि वर्तमान सरकार गठन भएको र ती दुई कामलाई प्रमुखतामा राखेको उल्लेख गर्नुभयो । उहाँले अब छिट्टै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने पनि बताउनुभयो ।

कार्यक्रम युनियनका अध्यक्ष सुुशील बस्नेतको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...