Sunday, January 8, 2017

र्घाखाँची महोत्सब तथा कृषि पर्यटन एबम औधोगिक ब्यापार मेला २०७३ पौष २८ गते देखि माघ ९ गते हुदै

काठमाडौँ: अर्घाखाँची जिल्लाको समग्र बिकाशको आधार कृषि पर्यटन उधोग र ब्यापार, अर्घाखाँची महोत्सब तथा कृषि पर्यटन एबम औधोगिक ब्यापार मेला २०७३ यही आउदो पौष २८ गते देखि माघ ९ गते सम्म अर्घाखाँचीको सन्धिखर्कमा हुने भएको छ l लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र सामाजिक तथा अन्य क्षेत्रमा क्रियाशील रहदै आएको साहार शान्ति सामुदायिक बिकाश क्लबको संयुक्त आयोजनामा अर्घाखाची सन्धिखर्कमा अर्घाखाँची महोत्सब तथा कृषि पर्यटन एबम औधोगिक ब्यापार मेला २०७३ आयोजना हुन लागेको हो l अर्घाखाची आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले अर्घाखाची जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले पनि मजबुत बनाउने र अर्घाखाची जिल्लालाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए l उक्त महोत्सबमा अर्घाखाची डान्स आइडल तथा गायन प्रतिस्प्रधा समेत हुने भएको छ l
उक्त मेलामा २ सय ५० भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समान हरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ४० र रु ३० रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ l
अर्घाखाँची महोत्सब तथा कृषि पर्यटन एबम औधोगिक ब्यापार मेला २०७३ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उहाले आव्हान पनि गर्नु भयो l औधोगिक शान्ति नेपाल सस्थामा अध्यक्ष्यमा सन्दिप महत, उपाधक्ष्यमा राज कुमार खड्का, महासचिबमा शंकर गुरुङ तथा कोषाधक्ष्यमा प्रितम मल्ल रहेको छन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...