Monday, January 16, 2017

मोनाको आयोजनामा पोर्चुगलको लिस्बन शहरमा माघे संक्रान्ती मनाईयो

१६ जनवरी २०१७, वाशिंगटन डिसी – म्याग्दीबासीहरुको अन्तरास्ट्रिय संगठन मोनाको आयोजनामा पोर्चुगलको लिस्बन शहरमा माघे संक्रान्ती मनाईएको खबर छ।

नेपालको ठेट लोक भाका सिरफुलै सालैजो मा जम्दै दोहोरी गीत घम्साघम्सी गर्दै नाच्दै गाउँदै रमाईलो गर्दै पे बार र रात्रिभोज सहित माघे संक्रान्ती मनाईयो । पोर्चुगलबासी म्याग्दी जिल्लाका विशेषगरी मगर समुदायका महिलाहरु सालैजो भाका र दोहोरी गीतमा पुरुषहरुसंग मध्येरात सम्म जमेका थिए।

 

प्रबाशमा पनी नेपालको लोक संस्कृती संरक्षणको लागी मोना पोर्चुगलले यस्ता कार्यक्रमहरु आयोजना गर्ने गर्दछ लिस्बन पोर्चुगलबाट बेनी मंगलाघाटबासी सुर्य भट्टचनले डिसीनेपाललाई बताए।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...