Monday, January 30, 2017

हिसान खेलकुद सप्ताहअन्तर्गत भलिबल प्रतियोगिता सुरु

काठमाडौँ, १७ माघ । उच्च माध्यामिक सङ्घ नेपाल (हिसान)ले आयोजना गरेको भलिबल प्रतियोगिता सुरु भएकोे छ ।

तेस्रो हिसान खेलकुद सप्ताहअन्तर्गत आजदेखि ऋत कलेज बसुन्धरामा भलिबल प्रतियोगिता सुरु भएको हो ।

खेलको उद्घाटन गर्दे हिसानका अध्यक्ष रमेश सिलवालले उच्च माध्यामिकस्तरमा खेलको विकास गर्न हिसानले विगत तीन वर्षदेखि खेलकुदको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका साथै राष्ट्रियस्तरका नयाँ खेलाडी उत्पादनमा यो कार्यक्रमले सहयोग पुग्छ ।”

प्रतियोगितामा मनकामना, हिमालय ह्वाइट हाउस, पेन्टागन, क्यापिटल एन्ड रिसर्च सेन्टर, टाइम्स इन्टरनेसनल, नेपाल मेघा, ऋत, नवोदित विद्या कुञ्जलगायत १४ उच्च माविको सहभागिता रहेको हिसानका सचिव एवम् खेलका संयोजक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको हिसानले यसवर्ष बास्केटबल, टेबलटेनिस, बुद्धिचाल, भलिबल, फुटसल, ब्याडमिन्टन, वकृत्वकलालगायतका कार्यक्रम आयोजना गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...