Friday, January 13, 2017

स्थानीय तहको निर्वाचनतर्फ अग्रसर हुनुपर्ने : नेता खनाल

विराटनगर, २९ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनतर्फ मुलुक अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले निर्वाचन गर्नमा ढिला गरिए मुलुक सङ्कटमा पर्ने सम्भावना रहेको छ भन्नुभयो ।
नेता खनालले संविधान सशोधन विधेयक पारित हुने सम्भावना नरहेको बताउँदै एमालेसँग एक तिहाइभन्दा बढी सांसद रहेकाले सो विधेयक संसद्बाट पारित नहुने स्पष्ट पार्नुभयो ।
सरकारले संविधान संशोधनको विधेयक दर्ता गरेर कुबेलाको बाजा बजाइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनमा अहिले सबैको ध्यान केन्द्रीत हुनुपर्दछ भन्नुभयो ।

मधेसी मोर्चाले मधेसबाट एमालेको बिदाइ गर्नेजस्ता अभिव्यक्तिको सम्बन्धमा पत्रकारको जिज्ञासामा वरिष्ठ नेता खनालले मोर्चाको सो अभिव्यक्ति असङ्गतिपूर्ण रहेको र संविधानलाई मान्नुबाहेक अन्य कुनै विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...