Monday, January 23, 2017

भोजपुरमा बिनाअनुमति सयौँ सिसी क्यामेरा

भोजपुर, ११ माघ । सिसी क्यामेरा जडान कार्यविधि विपरीत भोजपुर जिल्लाका विभिन्न स्थानमा सिसी क्यामेरा (सिसीटिभी) जडान गरिएका छन् ।

सुरक्षाका दृष्टिकोणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सिसी क्यामेरा जडान, सञ्चालन गर्नुपर्ने नियम गृह मन्त्रालयले बनाएको भए पनि नियमको पालना कसैले नगरेको पाइएको हो ।

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरणको प्रभावकारिता बढाउने तथा सिसी क्यामेराको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्ने उद्देश्यले सिसी क्यामेरा जडान एवम् सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ ल्याइएको थियो ।

सिसी क्यामेरा जडान गर्ने पक्षले क्यामेरा जडान गर्ने कम्पनीको नाम, जडान गर्न लागिएको क्यामेरा, क्यामेराको स्टोरेज क्षमता, स्टोरेज अवधि, जडान गर्ने स्थान, सङ्ख्या, जडान गर्नुपर्ने कारण, सिसी क्यामेरा हेर्ने वा निगरानी गर्ने व्यक्ति र संस्थाको नाम उल्लेख गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।

तर हालसम्म कुनै पनि व्यक्ति वा संस्थाबाट निवेदन नपरेको र स्वीकृति प्रदान नगरिएको जिल्ला प्रसासन कार्यलयका सूचना अधिकारी राजन पाण्डेले जानकारी दिनुभयो ।

भोजपुरमा मात्र बैंक, वित्तीय संस्था, बोर्डिङ स्कुल र निजी प्रयोजनका लागि विभिन्न पसलमा गरी सयभन्दा बढी सिसी क्यामेरा जडान गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...