Thursday, January 26, 2017

छात्रवृति अभियानका सहयोगीहरु सम्मानित

कपिलबस्तु ,बाणगंगा नगरपालिका १४ मधुवनमा छात्रवृति अभियानका  दाताहरु सम्मानित भएका छन् ।  जनता  निम्न माध्यमिक विध्यालयको एक कार्यक्रमका  बीच  अमेरिका निवासी तथा पुर्व शिक्षक राम अधिकारी , किशोर  न्यौपाने र सशी पौडेल सम्मानित भएका हुन् ।

सम्मानित व्यक्तित्वका साथै विश्वका विभिन्न  देशमा रहेका  स्थानिय युवाहरु गंगा राम अधिकारी , श्रीराम भट्टराई , शंकर भट्टराई , पारश भुसाल , महेश गौतम ,नेत्र परियारले एक लाख रकम बराबरको अक्षयकोषको स्थापना गरेका छन्।उक्त रकम्को व्याजबाट  आउने रकमले  गरीब , बिपन्न र जेहेन्दार विध्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गर्ने अभियानको योजना रहेको छ ।  सम्मानित व्यक्तित्व राम अधिकारीले यो अभियानलाई स्थानिय  युवाहरुलाई समेटेर अन्य विद्यालयमा पनि विस्तार गर्ने योजना रहेको बताए ।  कार्यक्रममा विद्द्यर्थी , शिक्षक र स्थानिय   अभिभाबकको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...