Wednesday, January 25, 2017

राष्ट्रपति ट्रम्पले मेक्सिको सीमा पर्खाल बनाउन दिए कार्यकारी आदेश

राष्ट्रपती डोनाल्ड ट्रम्पले सपथ ग्रहण लिए पछि चुनाव अभियानमा लिएर हिडेका मुख्य कार्यसूचीलाई धमाधम एक पछि अर्को गर्दै कार्यकारी आदेश जारी गरेका छन् l यसै क्रममा राष्ट्रपति ट्रम्पले सबै भन्दा चर्को रुपमा उठाएको मेक्सिको को पर्खाल निर्माण गर्ने बिषयमा आज बुधबार जनवरी २५ तारिख कार्यकारी आज्ञा दिदै हस्ताक्षर गरेका छन् l

राष्ट्रपती डोनाल्ड ट्रम्पले होमल्याण्ड सेक्युरिटी विभाग वाशिंगटन डिसीमा कर्मचारीलाई सम्बोधन गर्दै अब पुन: सयुक्त राज्य अमेरिका सीमा नियन्त्रणमा फर्केको बताए l

उनले तुरुन्तै पर्खाल मेक्सिको को दक्षिणमा बनाउने बताए l स्मरण रहोस कार्यकारी आदेश ले पर्खालको खर्च प्रबन्ध गर्दैन l पर्खाल बनाउने र अबैध रुपमा बिना कागज अमेरिकामा बसोबास गर्ने आप्रवासीलाई फर्काउने गतिलाई तिब्र बनाउने भएका छन् l ‘सिमा सुरक्षा र अध्यागमन नितिलाई सहि निती तर्फ डोर्याउने असल सुरुवात हो भन्दै जारी गरिएको कार्यकारी आदेश भनेका छन् l

उनले बारम्बार मेक्सिकोले उक्त पर्खाल बनाएको पैसा तिर्नु पर्ने भन्दै आएका छन् भने यस बिषयमा मेक्सिकोका पुर्व राष्ट्रपतिले सामाजिक संजाल मार्फत राष्ट्रपति ट्रम्पलाई गाली समेत गरेका थिए l

उनले दुई महत्वपूर्ण कार्यकारी आदेश मा दस्तखत गर्दै यसमा कुनै नया कानुन नचाहिने बताए l सीमा सुरक्षालाई अझ सशक्त बनाउनको लागि ५ हजार सीमा सुरक्षा कार्यदल तथा १० हजार नया अप्रवासन तथा सीमा नियन्त्रक अधिकारीले देश निकाला गर्ने कामको पालना गर्ने बताए l राष्ट्रपति ट्रम्पले एबिसी संग अन्तर्वार्ता दिदै मेक्सिको को पर्खाल बनौएन योजना भीमकाय हो भन्दै तुरुन्तै सुरु गर्ने भनेका छन् l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...