Tuesday, January 24, 2017

गोरखा सेवा समाज कतारले गत डिसेम्वर १८ मा स्थगित भएको बनभोज कर्यक्रम फेब्रवरी १७ मा मनाउने!!!

ध्रुब क्षेत्री’  दोहा कतार ,    नया  बर्ष २०१७ को अबसरमा कतार निवासी गोर्खालीहरुले  बनभोज  कार्यक्रम गरेर मनाउने  भएका छन्! गोरखा सेवा समाज कतारले हरेक वर्ष जस्तै यो वर्ष पनि आफ्नो स्थापना दिवस तथा वनभोज कार्यक्रम कतारमा कार्यरत चर्चित नेपालि कलाकारहरूको प्रस्तुतीको साथमा भब्य रुपमा आयोजना गरि १७ फेव्रूवरी २०१७ का दिन कतारको अल दोषरी पार्क (सहानिया) मा विहान १०:३० वजे बाट सुरु हुने गरि मनाउन लागेको छ, साथै सस्थाले  त्यहाँ उपस्थित भएर सहयोग  गरिदिन  सम्पूर्ण गोर्खाली  एवं गैर गोर्खाली नेपाली  जनहरुमा  आग्रह गरेको  छ! स्मरण रहोश उक्त कार्यक्रम गोर्खा सेवा समाज कतारले सधै जसो आफ्नो स्थापनाको दिन  १८ डिसेम्बरमा मनाउने गर्दथ्यो र  यो  साल पनि नेपालका चर्चित गायक  बिरही कार्की र मुना थापा मगरको उपस्थितिमा मनाउने योजनामा लागेको थियो तर विश्व  परिवेश र बिभिन्न कारण देखाई कतार सरकारले उक्त डिसेम्बर १८ का दिन कतारमा कुनै पनि  मनोरन्जनात्मक   कार्यक्रम नगर्न गरेको आग्रहलाइ सिरोधार्य  गरि सस्था ले उक्त कार्यक्रमलाइ  केहि ढिलाइ  गर्दै आगामी १७ फेब्ररीमा  तय गरेको हो !

सस्था ले आगामी  फेब्रवरी १७ का दिन  बनभोज स्थल सम्म जानको लागि, सैलिया : सनैया ४७ : दोहा , मुन्तजापार्क : लगाएत का ठाउँ बाट सवारी साधन को पनि बेबस्था गरेको जनाएको छ , भने टिकट सुल्क कतारी रियल ४० तय गरेको छ! सबारी सादन तथा बिभिद जानकारी को लागि सस्थाका अध्यक्ष  सुर्दशन भट्ट–३३१६६९७७ उपाअध्यक्ष  दोय  राकेश श्रेष्ठ–५५९९७५३९, दिपक लामिछाने –५५७७४६४ र महासचिब राजेश्वर ढकाल ७७९४३२९७ लाइ सम्पर्क गर्न समेत सस्था ले  आग्रह गरेको छ!!!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...