Monday, January 2, 2017

कतारमा नयसक्ति ले आफ्नो प्रथम बर्ष गाथ मनायो!!!

n

ध्रुब क्षेत्री, दोहा -नयासक्ति कतार अभियानले  १ बर्ष पूरा गरेको खुसियाली मा अन्तर्राष्ट्रिय नेपाली समाज कतार -INSQ , ले जनवरी १ अर्थात् पुस १५ लाइ आफ्नो बर्ष गाठ को रुपमा  मनायो !संगठनका संयोजक बी.बी खराल को सभापतित्व  तथा नयासक्ति पार्टी  प्रादेशिक कमिटीका सदस्य तथा नयासक्ति अमेरिकाका सचिवालय सदस्य बेबसायी युवा नेता होब खडका को बिसेष आतिथ्य र संगठनका सह संयोजक लाल भट्ट, दुर्गा सुनार, प्रवक्ता ध्रुब क्षेत्री, कोशा-अद्क्ष्य, देब बहादुर परियार , सहकोशा-अद्क्ष्य सन्तोष बस्नेत, दलित सक्ति कतारका संयोजक कृस्ण परियार, मदेश बियूरो  संयोजक नबिराज खान ,अनुसासन बिभागका संयोजक दुर्गा भुसाल, प्रसीसर्ण बिभागका  सम्योज सी सी सुबेदी लगाएत सम्पुर्ण  कार्यसमिति का सदस्य तथा सुभ चिन्तकहरुको उपस्थिति मा भब्य रूपमा आफ्नो १ बर्ष गांठ को शुभकामना आदान- प्रधान कार्यक्रम दोहा को नेपाली  आँगन रेस्टुरेंट को  हलमा समापन गरेको छ!!!

nt

संगठन ले सम्पूर्ण कतार बासी नेपाली हरुलाई हाल सम्म संगठनलाई  संयोग र सदभाब राख्नु भएको प्रति धन्यबाद ज्ञापन गर्दै, कार्यक्रम मा संगठन बिभाग प्रमुख लाल भट्ट ले शुभकामना सन्देश सहित कतार मा गएको १ बर्ष मा जेल्नु परेका समस्या र प्रगतिको बारेमा संछिप्त बक्तब्य राख्नु भयो! बिसेष अतितिथि होब खडका ले कतारका  अभियंताहरुको जोशको प्रसम्सा गर्दै संगठनको  काम र उत्शाह  बाट खुसी भएको जनाउँदै समसामयिक बिसय सहित शुभकामना बेक्त गर्नु भयो र नयसक्ति पार्टी नेपाल  अन्तरिम केन्द्रिय परिसद सदस्य तथा कतारका संयोजक खराल ले संगठन  र पार्टीको समसामयिक अबस्थाको  बारेमा  प्रकाश पार्दै कतारमा रहेका सबै नेपाली  मिलेर  १ जुट भई समृध्द नेपाल बनाउने नयासक्ति पार्टीको योजना मा लांबद्द भएर  संयोग गर्न सम्पुर्ण  कतार बासी नेपालीहरुलाई  आग्रह गर्दै शुभकामना बेक्त गर्नु भयो भने  कार्यक्रम संगठनका प्रवक्ता ध्रुब क्षेत्री ले संचालन  गर्नु भएको थियो, साथै  अन्तर्राष्ट्रिय नेपाली समाज कतार ले  सम्पूर्ण कतार बासी नेपालीहरुलाई हाल सम्म संगठनलाई  संयोग र सदभाब राख्नु भएको प्रति धन्यबाद ज्ञापन समेत गरेको छ!

nu

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...