Wednesday, January 11, 2017

चर्चामा मेलिना राईको “म भन्दा नि”

 

 सुमधुर आवाज, सुन्दर शब्द, मीठो संगीतले सजिएको “म भन्दा नी” बोलको गीत चार  महिनामा दश लाखभन्दा बढी दर्शक स्रोताहरूको मन जित्न सफल गायिका मेलिना राईको सुमधुर आवाजमा रहेको यो सुपर हिट गीत, प्रत्येक गीत संगीत प्रेमीहरूको मन मुटुमा बस्न सफल भएको छ । गायिका मेलिना राईको आवाजमा रेकर्डिङ भएको यो गीतको ट्र्‍याक युटुबमा भेटिएपछी आफ्नो खर्चमा भिडियो बनाउने तथा गीत आफैले गाएर प्रचारकालागि युटुबमा गीत हाल्नेहरू पनि सयौं भेटिएका छन् ।
   गायिकाको एकल स्वरमा रहेको उक्त गीतलाई अन्य गायक/गायिका, तथा गीत, संगीत प्रेमीहरूले संगीतको उच्च कदर गरेर उक्त गीतलाई आफ्नो आफ्नो स्वरमा रेकर्डिङ पनि गरेको देखिन्छ र प्रचारकोलागि संचार क्षेत्र युटुब, फेसबुक, टुइटर आदिमा सो गीतको भिडियो प्रचार गरेको देखिन्छ । गीत एक गायक/गायिका फरक सबै अडियो र भिडियो जोड्दा यही गीत सत्र लाखभन्दा बढीले सुनेको र हेरिएको छ र अझै पनि दिन दिनै यो गीतको भिडियो र अडियो बन्ने र बनाउने होडबाजी चलेको छ अनि चर्चा जताततै हुँदैछ । संगीतकार तथा रचनाकारले यस्तो हुनु गीतको सफलता भएको बताउनु हुन्छ ।
    नेपाली गीत संगीत क्षेत्रमा यसरी यति चाँडो सबैको तन मनमा बस्न सफल सुपर हिट बनेको गीत कवि, गीतकार तथा साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा राज कुमारको संगीतमा अकस्तिक नेपाल स्टुडियोमा रेकर्डिङ भएको हो । कभर भिडियो पासांग सेर्पाले छायांकन गरेको हो । एम सिरिजको युटुबमा यो गीत र यस गीतको ट्र्याक रहेको छ । दर्जन भन्दा बढी कृतिहरूका रचनाकार र म भन्दा नि गीतका संगीतकार ” म भन्दा नी ” को अपार सफलताका कारण अब बजारमा “म भन्दा नी-२” चाँडैभन्दा चाडै आउने बताउनु हुन्छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...