Sunday, January 1, 2017

जनतालाई भारत देख्ने एमालेको सोच गलत छ : नेता पौडेल

ramchandra-poudeljpgतनहुँ, १७ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भारत देख्ने एमालेको सोच गलत भएको बताउनुभएको छ ।

प्रेस युनियन, तनहुँ शाखाले आज बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भन्ने एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागेको आरोप लगाउनुभयो ।
संशोधनबाट भाग्नु र संसद् चल्न नदिनु भनेको मधेसको उपेक्षा गर्न खोजिएको आभास हुन्छ पौडेलले भन्नुभयो ।
मधेसका असन्तुष्ट पक्षलाई सबै पार्टी मिलेर समाधान गर्नुको विकल्प छैन भन्दै नेता पौडेलले काँग्रेस, एमाले र माओवादी केन्द्र्र मिलेर नै संविधान जारी गरिएकाले संशोधनका लागि मिल्नु आवश्यक रहेको विचार व्यक्त गर्नु भयो ।
देश अहिले फरक मोडबाट अघि बढिरहेको भन्दै नेता पौडेलले स्थानीय निकायको चुनाव जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...