Sunday, January 15, 2017

नेपाली चेली तेरिया मगर पुन भारतीय झलक दिख्ला जा सिजन सात को अन्तिम चरणमा छनौट

गत शनिबार जनवरी १४ तारिखमा भएको अत्यन्तै प्रतिस्पर्धा रहेको भारतीय मनोरंजन कार्यक्रम झलक दिख्ला जा सिजन ७ को पार गर्दै अन्तिम तीनमा पुग्न सफल भएकी छिन् l

उक्त कार्यक्रममा सेमी फाइनल (अर्ध अन्तिम चरण )मा ५ जना जोडी रहेकोमा ब्राभो तथा भावना को प्रस्तुतिमा ब्राभो आफ्नो निजि कारणले प्रतिस्प्रद्धा छोड्ने भएकोले अन्तिम चरणको लागि उत्कृष्ट ४ मध्ये मा पनि सर्बोकृष्ट प्रस्तुति देखाउदै तेरिया मगर सबै भन्दा पहिला अन्तिम चरणमा पुगेकी छिन् l

अन्तिम चरणमा पुग्नेहरुमा प्रथम तेरिया मगर ,दोश्रो शान्तनु तथा तेश्रोमा सलमान पुगेका छन् l र ,उक्त अन्तिम चरण बाट सिद्धार्थ तथा वैष्णवि बाहिरिएका छन् l

अन्तिम चरण को प्रतिस्पर्धा आगामी जनवरी २१ तारिखमा हुने छ भने बलिवुड का नायक ऋतिक रोशन आउने भएका छन् l तेरिया तथा अर्यानले अभि मुझे कहीं नामक अग्निपथ को गीतमा नृत्य प्रस्तुति गरेका थिए l निर्णायक ३ जना मध्ये कै करनले आफु निकै भाबुक भएको र शब्द नै छैन भनि टिप्पणी गरेका थिए l अर्का निर्णायक फराहले आँशु आएको टिप्पणी गर्दै यो नृत्यले हृदय छोएको बताएकी थिइन् l

निर्णायक गणेशले तेरिया तिमि आश्चर्य जनक छौ भनेका थिए भने बलिवुडकि नायिका ज्याक्लिनले अहिले सम्म कै उत्कृष्ट नृत्य भनि अति सुन्दर भन्दै आफु भाबुक भएको टिप्पणी गरेकी थिइन् l चार जना निर्णायक हरुबाट १० मा १० गरि ४० मा ४० अङ्क (सय मा सय )अङ्क प्राप्त गरेकी थिइन् l र अन्तिम चरणको मिश्रित नृत्य मा पनि अति उत्कृष्ट प्रस्तुति देखाउदै अन्तिम चरणमा तेरिया मगर पुगेकी छिन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...