Sunday, January 8, 2017

अमेरिकाको राजधानी वाशिंगटन डिसी मेट्रो यरियामा तमु ल्होशार पर्ब भब्यताका साथ मनाईयो।

 

८ जनवरी २०१७ – अमेरिकाको राजधानी वाशिंगटन डिसी मेट्रो यरियामा पनि तमु ल्होशार – पर्ब भब्यताका साथ मनाईयो। राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको स्प्रिंगफिल्ड सिटीमा आयोजित तमु ल्होशारमा स्वागत समारोह, रात्रिभोज, सांस्कृतिक कार्यक्रम, डिजे सहितका रमाईला कार्यक्रमहरु आयोजना गरिएको थियो।

अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीको प्रमुख आतित्यमा तमु ल्होशार आयोजना भएको थियो।  ल्होशारको शुरुमा आयोजित स्वागत समारोहमा, प्रमुख अतिथीको मन्तब्य दिंदै राजदुत डा. कार्कीले भन्नुभयो ,नेपाल देखी यति टाढा आएर पनि तपाईहरुले आफ्नो भेष, भुषा सहित ल्होशार मनाउनु भनेको बिदेशमा पनि नेपालको संस्कृती संरक्षण गर्नु हो भन्दै नेपालको संस्कृती संरक्षणमा ग्रेटर वाशिंगटन तमु समाजले गरेको प्रशंसनीय-कार्यको लागी नेपाली राजदुतावास र नेपाल सरकारको तर्फबाट आयोजकहरुलाई धन्यबाद दिनुभयो।

कार्यक्रममा -पर्यटन ब्यबशायी राकेश तुलाधर, महिला साहित्यकार अम्बिका गुरुङ र अमेरिकाको बिद्यालय तथा कलेजहरुबाट हालै ग्राजुएट गरेका गुरुङ – बिद्यार्थीहरुलाई प्रमुख अतिथी राजदुत डा. अर्जुन कार्कीले प्रशंसा पत्रले सम्मान गर्नुभयो।

ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष नन्द गुरुङको अध्यक्षतामा स्वागत समारोह आयोजना भएको थियो।एक्स ब्रिटिश गुर्खाज चेतमान गुरुङले सम्मानित ब्यक्तिहरुको परिचय गराएका थिए भने संस्थाका महासचिब सुरेन्द्र गुरुंगले कार्यक्रम संचालन गरेका थिए। ल्होशार-कार्यक्रमको संयोजक राम गुरुङ थिए।  लम्बेतान ? भाषण मात्रै गर्ने अन्य संस्थाहरुले पाठ सिक्नै पर्ने खालको बडो ” छोटो मिठो ” स्वागत समारोह गरिएको थियो।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...