Tuesday, January 24, 2017

एनडब्लुजीएन न्युइङ्गल्याण्ड शाखा को प्रथम साधारण बैठक भब्यताको साथ सम्पन्न

अमेरिकामा नेपाली मूलका महिला सामाजिक कार्यकर्ता ,महिला अधिकार कर्मी तथा महिला समाज सेवी बाट स्थापित सक्रिय सामाजिक संस्था नेपाली वुमन ग्लोबल नेटवर्क को न्युइङ्गल्याण्ड शाखाको प्रथम साधारण सभा भव्यताको साथ सम्पन्न भएको छ l

गत जनवरी २२ तारिख हिमालयन कल्चरल एकाडेमी ,एवेरेट म्यासाचुसेट्समा बैठक भएको हो l अन्जना उपाध्याय द्वारा कार्यक्रम संचालन गरिएको उक्त बैठकमा अतिथिहरुलाई स्वागत जमुना श्रेष्ठले गरेकि थिइन् l

तीन दर्जन जति सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाको उद्देस्य तथा गठन भएको बारेमा छलफल हयेको थियो भने एनडब्लुजीएन कि केन्द्रिय सभापति रुकमणि कार्कीले संस्थाको इतिहास र अन्य बिषयमा जानकारी दिएकी थिइन् l

कार्कीले अगाडी भनिन अमेरिकामा संस्था गठन गर्नु परेको कारण बताउदै अमेरिका आएका आप्रवासी महिलाका समस्या तथा अनेकौ बिषयमा काम गर्नु र वहा हरुलाई स्थापित गराउनु पनि रहेको बताईन l

यसको साथै सभापति कार्कीले नया देशमा आएका महिलालाई नेतृत्व क्षमताको विकास गर्ने जस्ता कार्यक्रमहरु ल्याउने र आर्थिक बिकाशमा पनि सहयोग हुने कार्यक्रम ल्याउने बारेमा प्रकाश परिन l उनले मन्तब्य राख्दै न्युइङ्गल्याण्ड शाखा सेवा प्रदान गर्ने संस्था हैन भन्दै महिलाहरुका बिषयमा वकालत गर्ने संस्था हो भनिन l

न्युइङ्गल्याण्ड शाखाले महिला दिवस ,नेपाली चाडपर्व ,तीज पर्व ,स्वास्थ्य शिबिर आदी ईत्यादी कार्यक्रम गर्न बिषयमा पनि छलफल भएको थियो l रुकमणि बस्नेत तथा रीता रानाले बैठक सफल बनाउन सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने सुधा भण्डारी ,अनुपमा राना ,सुनिता कार्की केसी ,निलम श्रेष्ठ ले आफ्ना काम को अनुभव सुनाएका थिए l मिना पुडासैनीले धन्यवाद ज्ञापन दिएकी थिइन्

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...