अमेरिका का ४५ औ राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले आफ्नो प्रथम राष्ट्रपतीय भाषणमा अमेरिकन लाई लिनु र अमेरिकनलाई मन्जुर गर्नु भन्ने संदेश दिएका थिए l राष्ट्रपति ट्रम्पले पटक पटक लगाउने अमेरिकन वेसबल खेलाडीले लगाउने गरेको रातो प्रकारको टोपी चुनावी अभियान देखि नै लगाउने गरेका थिए l
र ,उनका चुनावी आधिकारिक संजालमा बिक्रीको लागि राखिएको उक्त टोपीको दाम $ २५ देखि $ ३० डलर सम्म अमेरिकामा निर्मित भनिएको थियो l र गत जनवरी २० तारिख पद तथा सपथ ग्रहणको क्रममा हजारौ उनका समर्थकले उक्त टोपी किनेका थिए l
उनीहरु लाई यस बिषयमा थाहा नभएकोले समर्थक लाई यो टोपी कहाँ बनेको भनि भित्र हेर्न लगाउदा सबै टोपी चीन ,भियतनाम र बंगलादेशमा निर्मित भएको रिउटर्सले जनाएको छ l
अमेरिकाको बिभिन्न राज्य बाट डीसी आएका सहभागीलाई यो कुरा जानकारी भए पछि सबै बिदेशी आयातित टोपी भनि छक्क परेका थिए l सहभागीहरुले २० देखि ३० डलर सम्म हाली टोपी किनेका थिए l
राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले भाषण को क्रममा अमेरिका लाई पुन : महान बनाऊ भन्ने उनको प्रिय नारा दोहोर्याएका थिए l
रिउटर्स /मेलिसा फेयर र डस्टिन भोल्ज
No comments:
Post a Comment