Wednesday, January 18, 2017

एटलान्टामा कुकुरको टोकाई बाट पाठशाला गै रहेका एक बालकको मृत्यु अर्की बालिका गंभीर घाइते

अमेरिकाको एटलान्टामा गत मंगलबार घर बाट पाठशाला जाने क्रममा छिमेकिको कुकुरको आक्रमणमा परि एक बालकको मृत्यु को साथै अर्की बालिका गम्भीर घाईते भएकी छिन् l

कुकुरका मालिकलाई नर हत्याको अभियोग लगाई प्रहरीले पक्राउ गरेको छ l उक्त घटना मार्टिन लुथर किङ्ग जुनियर दक्षिण पश्चिम एटलान्टाको सेरोगल्लिमा घटेको हो l दुई वटा कुकुरले एकै पटक आक्रमण बिहान ७ :३० मिनेट मा गरेको थियो l ३ बिद्यार्थीहरु एफएल स्टानटोन ईलेमेन्टरि बिद्यालय जाने क्रममा कुकुरले दुई जना लाई मात्र आक्रमण गरेको स्थानीय पत्र पत्रिकाले समाचार छापेका छन् l

फुल्टन काउन्टीका पशु नियन्त्रण आधिकारीले पिट बुल मिक्स (मिश्रित )तथा अर्को कुकुर बोर्डर कुली जातको भएको जनाएको छ l कुकुरको टोकाईबाट मृत्यु भएका ६ बर्षिय बालक लोगान ब्राट्ज तथा घाइते भएकी बालिका साइरि स्याण्डर्स भएको बुझिएको छ र बालिकाको स्वास्थ्य सुधार हुने क्रममा रहेको प्रहरीले जानकारी दिएको छ l

बिहानै बच्चाहरु चिच्याएको आवाज सुने पछि सबै जना दौडेर गएका थिए l कुकुर ले जहिले पनि सबै लाई पछ्याउने र भुक्ने गरेको छिमेकिले बताएका थिए l र कुकुर मालिकले जनवरी १८ तारिखमा अदालतमा हाजिर भएका थिए भने उनलाई खराब आचरण बाहेक अनैच्छिक अपराध तथा मानवहत्या को अभियोग लगाइएको छ l

र प्रहरीले उक्त दुई कुकुरलाई समात्ने र घेरा हाल्दै गर्दा भागेकोले कुकुरलाई गोलि पनि हानेका छन् l र प्रहरीले कुकुरलाई पक्राउ पनि गरेको जनाएको सी बिएस४६ मा समाचार छ l

उक्त घटना पछि प्रहरीले हामी अमेरिकामा छौ l कुनै पनि कुकुर छाडा तेश्रो मुलुक जस्तो छोडीनु हुदैन भन्दै हाम्रो कानुन छ l र,आफ्नो घर पालुवा कुकुरलाई आफैले नियन्त्रण गर्नु पर्छ भने l

अमेरिका हरेक बर्ष ४० लाख कुकुरले टोक्ने घटना घट्दछ l जस मध्ये ८ लाख मानिस अस्पताल जानु पर्छ भने त्यसमा आधा जस्तो बालबालिका हुने गर्छन l डग्स बाइट डट ओआरजी अनुसार सन् २००५ देखि २०१५ सम्म कुकुरको टोकाई बाट ३ सय मानिसको ज्यान गएको बताएको छ l पिट बुल्स जातिका कुकुर ले टोकेर मात्र ६४ प्रतिसत को मृत्यु भएको उल्लेख गरेको छ l

स्रोत /तस्बिर : जन स्पिङ्क /सीबिएस४६ 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...