Sunday, January 15, 2017

प्रयोगशालालाई सुविधासम्पन्न बनाउनुपर्ने : मन्त्री थापा

:jf:Yo dGqLåf/f k|of]uzfnf pb3f6g
sf7df8f}Fsf] 6]s’df cfOtaf/ /fli6«o hg:jf:Yo k|of]uzfnfsf] gjlgld{t ejgsf] pb3f6g ub}{ :jf:Yo dGqL uugs’df/ yfkf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, २ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यका अन्य सेवासँगै प्रयोगशालालाई पनि सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । यसका लागि पूर्वाधार विकास र जनशक्तिको सँगै विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन ‘नेशनल सेन्टर फर इन्फेक्सन डिजिज’ को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री थापाले प्रयोगशालालाई सबैको पहुँचमा पु¥याउन पाँच अञ्चल अस्पतालमा प्रयोगशाला सुरु गर्ने र सुरु भएको अस्पतालमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कोसी अञ्चल अस्पताल, पश्चिमान्चल क्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल, सेती अञ्चल अस्पताल र जनकपुर अञ्चल अस्पतालमा क्षेत्रीय प्रयोगशालालाई बिस्तार गर्ने योजना रहेको र प्रदेश नम्बर ६ मा कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

यसैगरी, १३५ स्वास्थ्य केन्द्रमा पनि ल्याब सेवा सुरु गर्ने र सुरु भएका स्थानमा अझ स्तरीय सेवा दिने तयारी मन्त्रालयले गरेको मन्त्री थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग रु ६० अर्ब हुने हो भने स्वास्थ्य सेवाका लागि सम्पूर्ण प्रयोगशालासहितको सुविधा बिस्तार गर्न सकिन्छ । हामीले सोहीअनुसार काम गर्ने हो भने स्वास्थ्यमा फड्को मार्न सकिन्छ ।”

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशिका डा गीता शाक्यले नयाँ भवनमा सङ्क्रामक रोगको निदान, अन्वेषण, अनुुसन्धान र प्रकोपको अनुसन्धान गर्ने काम हुने जानकारी दिनुभयो ।

सो भवनमा बिस्तारित परीपक्ष सेवामध्ये प्रकोपजन्य रोगको अनुसन्धानलाई समयसापेक्ष छिटो र भरपर्दो तथा गुणस्तरीय सेवा प्रदायक, अत्याधुनिक, वैज्ञानिक बायोसेफ्टी लेभल २ उपकरण जडान गरिएको मोबाइल प्रयोगशाला जडान गरिएको निर्देशक शाक्यले बताउनुभयो ।

विसं २०६९ फागुन १० गते शिलान्यास गरिएको सो भवन रु छ करोड ९३ लाखको लगानीमा निर्माण गरिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...