Monday, January 2, 2017

“दि भाईरल गफ” मा खतरा डायलग सुनाईन बेनिशा हमालले

vlcsnap-2017-01-02-17h24m51s133-1

युएस खवर मिडिया ग्रुपद्धारा सञ्चालित युएस खवर अनलाईन टेलिभिजनले एउटा फरक कार्यक्रमको उत्पादन र प्रशारण आरम्भ गरेको छ । प्रदर्शनको संघारमा रहेको चलचित्र “किङ”कि नायिका बेनिशा हमालसंग यसै साता गरेको कुराकानिसंगै टेलिभिजनले कार्यक्रम “दि भाईरल गफ” को ओपनिङ गरेको हो । समाजका हरेक क्षेत्रका ताजा ताजा विषयलाई कार्यक्रममा समेटिने टेलिभिजन स्रोतले जनाएको छ । हाल नेपाली रजतपटमा चलचित्र किङ र यसका कलाकारहरु चर्चामा छन् । जगन श्रेष्ठको प्रस्तुतिमा जयन श्रेष्ठको निर्माण र शबिर श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा निखिल उप्रेति,बेनिशा हमाल,अनुप विक्रम शाहि लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्र यहि पौष २८ गने नेपालभरी एक्कैसाथ प्रदर्शन हुदैछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...