Thursday, January 5, 2017

यस्ता छन् सरकारलाई झट्का लाग्ने संघीय गठबन्धनका ६ वटा निर्णय

काठमाडौं, २० पुस । संविधान संशोधन प्रस्ताव परिमार्जनको माग गरिरहेको संघीय गठबन्धनले ६ वटा निर्णय गरेको छ ।

तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जन, संविधानको धारा २७४ खारेज गर्न मागसहित ६ वटा निर्णय गरेको गठबन्धनका संयोजक उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

उनका अनुसार गठबन्धनले आज एउटा नयाँ निर्णय पनि गरेको छ । जसमा संविधानको धारा २७४ खारेज रहेको छ । संविधानको धारा २७४ ले प्रदेश संख्या हेरफेर गर्न रोक लगाएको छ । जुन मधेसवादी दलले मागेको सीमाकंनको बाधक बनेको छ ।

यो निर्णयले सरकारलाई झट्का लाग्ने देखिएको छ । जून पूरा गर्न पनि गाह्रो छ ।

यस्ता छन् संघीय गठबन्धनका ६ निर्णयः
१) संशोधन रोक्न नहुने सर्वोच्चको आदेश सकारात्मक ।

२) परिमार्जन नभए संशोधन विधेयक मान्य नहुने ।

३) मुआब्जा दिएर मात्रै सडक बिस्तार गर्नु पर्ने ।

४) प्रदेश संख्या हेरफेर गर्न बन्धेज गरेको धारा २७४ खारेज गर।

५) संसद् अवरोध गर्नु एमालेको कदम अलोकतान्त्रिक ।

६) संविधान संशोधन पछि मात्रै चुनाव, नभए चुनाव अमान्य ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...