Sunday, January 15, 2017

एसिया प्यासिफिक सितोरियो कराते महासंघ द्वारा अध्यक्ष गुरु जर्ज सम्मान !

एसिया प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्ष आदरणीय गुरु जर्ज तान ज्यु लाई नेपाली प्रवासी सितोरियो कराते संघले आज सम्मान गरेको छ। नेपाली प्रवासी सितोरियो कराते संघका खेलाडीहरुलाइ एउटा अभिभावकको रुपमा पाउँदा र जहिले पनि सधै हामीलाई साथ दिनुभएकोमा गुरु प्रती जहिले पनि नमन…….. अग्रेजी वर्ष 2017 तथा चाइनिज नयाँ वर्षको साइत जुराइ गुरुलाइ आज एस संघ बाट भब्य सम्मान गरिएको छ साथै नेपाली प्रवासी सितोरियो कराते संघको केही रिक्त पदमा सर्ब सहमती अनुसार नियुक्त पनि गरिएको छ।जस्मा नया समितिको नामावली पनि पोस्ट गरिएको छ।खुशीको कुरा के छ भने हाम्रो एस संघमा संरक्षकमा जस्तो गरिमामय पदमा बसिदिनु भएकोमा हार्दिक धन्यवाद गुरुलाइ OSSS………हामी नेपाली कराते खेलाडी प्रवासमा रहेर पनि कहिले हार्न जानेनौ😊……मलेशियामा एति धेरै संघ सस्था र पार्टीका भातृ संघ सस्था

समाजसेबी,बुद्धिजीवी,ब्यपारी अनि पत्रकार छन कि गनेर साध्य छैन तर सबैलाई निम्तो दिदा सधै हामी खेलाडीहरु मात्रै उपस्थिति हुन्छौं र अरुको उपस्थिति शून्य.. …….तर पनि हामी खुशी नै छौ…हामिले जहिले पनि राष्ट्रिय झन्डा लिएर फिल्डमा उत्रनछौ तेहि नै हो हाम्रो नेपाली प्रवसी खेलाडीको पहिचान……..हामी जहिले पनि आफैमा निर्भर छौ 😊😊😊….अन्त्यमा मण्डला रेस्टुरेन्टका प्रोपाईटर पासाङ तामाङ ज्युलाइ धन्यवाद दिन चाहान्छु हामिलाइ मण्डला रेस्टुरेन्टमा कार्यक्रम गर्ने अबसर दिनुभएकोमा र मायाको चिनो खुकुरी उपलब्ध गराइदिनु भएकोमा।।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...