Monday, January 30, 2017

माघ २५ भित्र निर्वाचनको मिति घोषणा गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, १७ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक सबै कानुन पारित गराई यही माघ २५ भित्र निर्वाचनको मिति घोषणा गरिसक्नुपर्नेमा जोड दिनुभएको छ ।

काँग्रेसको भ्रातृ सङ्घ जनसम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रममा सहभागी भई आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै अगामी जेठभित्र स्थानीय निकायको निर्वाचन भएमा मङ्सिरमा प्रदेशसभा र संसद्को निर्वाचन सम्पन्न हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “संविधानलाई कार्यान्वयन गर्न निर्वाचनको अर्काे विकल्प छैन, यसमा दलहरु गम्भीर बन्नुपर्छ ।”

नेता पौडेलले संविधान संशोधन नभई चुनाव हुन सक्दैन भन्ने मधेसी मोर्चाको भनाइ, संशोधन नगरी निर्वाचनमा जानुपर्छ भन्ने एमालेको हठ र दुवैलाई मिलाएपछि मात्र निर्वाचन भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइले कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न गर्नुभयो ।

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनबारेमा मधेसी मोर्चाले भनाइ सार्वजनिक गर्न माग गर्दै उहाँले सबै दल मिलेर निर्वाचन जानुपर्छ भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...