Friday, January 27, 2017

न्युयोर्क विमानस्थलमा मुसलमान महिला माथि ट्रम्पको नाम लिदै अपशब्द तथा लात्ती प्रहार

न्युयोर्क जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा म्यासाचुसेटस का एक यात्रीले डेल्टा हवाई जहाजका मुसलमान महिला कर्मचारी माथि दुर्ब्यबहार गरेका छन् l बिमान स्थलमा उनले ति महिला माथि अपशब्द र गाली गर्दै राष्ट्रपति ट्रम्प को नाममा उनलाई धम्कि दिएका छन् l

उनले राष्ट्रपति ट्रम्पले तिमिहरुलाई भगाउने छ भनि तथानाम गाली गर्दै ढोकामा लात्ती प्रहार गरे l डेल्टा हवाई जहाज कि मुसलमान महिला रबिया खान नाम गरेकी महिला काम गरि रहेको स्थानमा नजदिक आएर ति रोबिन रोड्स नाम यात्रीले दुर्ब्यबहार गरेको महिला कर्मचारीको वकिलले बताएका छन् l

पहिला ढोकामा लात्ती प्रहार त्यस पछि उनि बसी रहेको कुर्सीमा लात्ती हाने पछि मैले के गरे भनि सोधे पछि तिमिले केहि गरेकी छैनौ उनले जवाफ दिएका थिए l उनको खुट्टामा पनि लात्ती प्रहर गरेका थिए भनि एपी समाचारले लेखेको छ l

उनलाई अर्को मानिसले सम्झाउने प्रयास गरेका थिए भने उनि खान को नजिक पुगे पछि खान कार्यालय बाट दौडेर बाहिर गएकी थिइन् l खान लाई पछ्याउदै अपशब्द सम्म प्रयोग गरेका थिए l उनलाई प्रहरीले उनलाई पक्राउ गरेको छ l उनलाई दुर्ब्यबहार आचरण सम्बन्धि मुद्धा लगाइने महिला खान का वकिलले बताएका छन्

तस्बिर श्रोत :एपी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...