Thursday, January 19, 2017

बिश्व बिख्यात लागु औषध डन एल चापो लाई मेक्सिले ट्रंप को सपथ ग्रहण एक दिन अमेरिकालाई सुपुर्दगी

विश्व बिख्यात लागु औषध डन एल चापो लाई मेक्सिले ट्रंप को सपथ ग्रहण एक दिन अमेरिकालाई सुपुर्दगी गरेको खबर छ l लागू औषध तस्करी मुद्दामा कारागार सजाय काटी रहेका अवस्थामा समेत मेक्सीकोको अत्यन्त कडा सुरक्षा घेराको जेलबाट दुई पटक फरार हुन् सफल भएका थिए l

अमेरिका ले खोजिरहेको अवस्थामा आज जनवरी १९ तारिख अमेरिकालाई मेक्सिकोले सुपुर्दगी गरेको हो l अमेरिकामा उनलाई लागु औषध ओसार पसार तथा अन्य मुद्धा लगाइने छ भनि सीबिएस मा समाचार छ l

उनि लाई अमेरिका ल्याउदै गरेको जानकारी अमेरिकाका वरिष्ठ अधिकारीले दिएका छन् भने उनि बाटोमा रहेको जानकारी दिएका थिए l उनलाई मेक्सिको सिमा क्षेत्र एल पासो टेक्सस हुदै न्युयोर्कको लागि ५ :३१ मिनेट मा हिडेको एक अधिकारीले बताएका थिए l अमेरिका को न्याय बिभाग ले मेक्सिको सरकार प्रति कृतज्ञता ज्ञापन गरेको छ l

एल चापो अमेरिकाको फोर्ब्स पत्रिकाले २००९ देखि २०११ को विश्व को सबै भन्दा शक्तिशाली व्यक्तिको सुचिमा स्थान दिएको थियो l २०१४ मा झ्यालखाना बाट सुरुङ्ग बनाएर भागेका थिए भने उनलाई १९९३ मा ग्वाटे मालामा पहिलो पटक गिरफ्तार गरिएको थियो l

चापोले ५ वटा बिबाह गरेका छन् भने ११ सन्तान का बुवा हुन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...