Thursday, January 12, 2017

जापानमा पृथ्बी जयन्ती तथा एकता दिवस मनाईयो

टोकियो । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको २९५ औं जन्म जयन्ती तथा राष्टिय एकता दिवस जापानको टोकियोमा समेत मनाईएको छ ।

प्रवासी नेपाली संगठन ओनो)जापानले टोकियोको सिनओकुबोस्थित नेपाली मुरा हलमा आयोजना गरेको पृथ्वी जयन्ती तथा एकता दिवस कार्यक्रममा नेपालको एकिकरणमा पृथ्वीनारायण शाहले खेलेको भूमिका र योगदानको बारेमा विशेष चर्चा गरिएको थियो ।

कार्यक्रमका सबै वक्ताहरुले देश विखण्डन तर्फ गईरहेको र राष्टियता कमजोर भईरहेको अहिलेको अवस्थामा नेपालमा पृथ्वीनारायण शाह जस्तो सपुत चाहिएको र अहिले झनै उनको अभाव खड्किएको बताएका थिए ।

सा साना बाईसे चौबिसे राज्यहरुलाई एकगरेर एउटा सिंगो नेपालको निर्माण गर्ने त्यस्ता महापुरुष व्यक्तिको योगदानको कदर अहिलेको सरकारबाट हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै राष्टनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले कहिल्यै भुल्न नहुने र उनको जन्मजयन्तीलाई विशेष रुपमा मनाईनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि विदुसी सपना माता र विशेष अतिथिमा रापप्रा का नेता तथा ओनो जापानका सस्थापक कलेन्द्र विक्रम शाही रहेका थिए । प्रमुख अतिथि सपना माताले राष्टपिता पृथ्वीनारायण शाहको जन्मजयन्ती जापानमा समेत मनाउन पाउदा गर्व महशुस भएको बताउनु भएको थियो ।

यसैगरी विशेष अतिथि कलेन्द्र विक्रम शाहीले इतिहासलाई कहिल्लै कसैले भुल्न र मेट्न नहुने उल्लेख गर्दै पृथ्वी नारायाण शाहको योगदानलाई उच्च सम्मान दिँदै प्रत्येक बिहान उहाँको शालिकमा नेपाली सेनाले सलामी दिनुपर्नेमा जोड दिनुभयो ।

पृथ्वीनारायण शाहको तस्वीरमा माल्र्यापण गर्दै राष्टिय गानबाट शुरु गरिएको सो कार्यक्रममा स्वागत मन्तव्य ओनो जापानका उपाध्यक्ष सन्तोष सिलवालले दिएका थिए भने कार्यक्रममा एनआरएन आईसिसी सदस्य कपिलदेव थापा, बाँके बर्दिया समाजका जनक शाही, यूवा व्यवसायी दिपक सुवेदी, भक्ति दर्शन टेलिभिजनका केदार तिमिल्सेना, ओनोका पूर्व अध्यक्ष रघुदिप खड्का, सह अध्यक्ष सुशिल वीर जबरा लगायतले आफ्ना विचारहरु राखेका थिए ।

कार्यक्रममा जापानमा सक्रिय विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, संचारकर्मी तथा प्रवासी नेपालीहरुको सहभागीता रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...