Thursday, January 5, 2017

गरुडामा सदरमुकामको माग गर्दै आन्दोलनको कार्यक्रमसहित बन्यो विस्तृत संघर्ष समिति

रौतहट जिल्लाको बिचोबिचमा गरुडा चौक रहेकोले जिल्लाको सदरमुकाम गरुडामा नै हुनुपर्ने भन्दै आन्दोलनको सुरुआत गरिएको छ । केही मधेसवादी नेताहरुले मौलापुर, गरुडा र समनपुरमा भइरहेको सेवा केन्द्र विस्तारको विरोध गरेकाले जिल्लाको सम्पूर्ण नागरिकलाई सहज हुने र पायक पर्ने स्थान गरुडा भएकोले जिल्लाको सदरमुकाम गरुडामा नै हुनुपर्ने माग बढेको छ ।
जिल्लाको पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिरबाट जिल्लाको बीचमा पर्ने गरुडा नगरपालिकामा जिल्लाको सदरमुकाम हुँदा जिल्लाको कम्तीमा असी प्रतिशत नागरिकलाई पाय पर्ने भएकोले गरुडा नगरपालिकामा नै जिल्लाको सम्पूर्ण प्रमुख कार्यालय स्थापनाको माग गर्दै आन्दोलनको सुरुआत गरिएको हो । गरुडामा नै सदरमुकाम स्थापनाको लागि गरुडा सदरमुकाम संघर्ष समितिको चयन समेत गरिएको छ । तत्कालै आन्दोलनलाई अगाडि बढाउन ५१ सदस्यीय गरुडा सदरमुकाम संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिको संयोजकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सियाराम कुशवाहा फिरोज तथा प्रवक्तामा शिवशंकर पान्डे चुनिएका छन् ।
गरुडा सदरमुकाम संघर्ष समितिको सल्लाहकार समितिमा राजकुमार दास, राम कृष्ण चौधरी, राम भरोस यादव, अशोक प्रसाद यादव, कन्थमुनि जयसवाल, धर्मनाथ प्रसाद जयसवाल, वृजकिशोर यादव, रामजी प्रसाद साह, नागेन्द्र प्रसाद चौरसिया, रामयतन प्रसाद रौनियार, रामसिंह यादव, जितेन्द्र श्रीवास्तव, जोगी साह, राजेन्द्र यादव, जयमंगल यादव, हृदयनारायण राय, रुनुबाबु पान्डे लगायतलाई छनौट गरिएको छ । यसैगरी आन्दोलनको गतिविधिलाई जनमानसमा पु¥याउन गठित प्रचारप्रसार समितिको संयोजकमा मनोज कुमार चौधरी, कृष्णा तिवारी र अमृत कुशवाहालाई चयन गरिएको छ ।
गरुडामा जिल्लाका सम्पूर्ण प्रमुख सरकारी कार्यालय नआएसम्म अनिश्चितकालीन सडक आन्दोलन गर्ने संघर्ष समितिका संयोजक फिरोजले बताएका छन् । आन्दोलनको पहिलो कार्यक्रमको रुपमा शुक्रबार दुई घन्टा चक्काजाम गर्ने निर्णय भएको समितिका प्रवक्ता पान्डेले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...