Thursday, January 19, 2017

एएनए नेपाली अमेरिकन भकुण्डो टोलि झापा संग ४- १ ले पराजित

पोखरा मा भै रहेको १५ औ आहा गोल्ड कप प्रतियोगितामा अमेरिका बाट नेपाल भकुण्डो खेल्न गएको एएनए नेपाली अमेरिकन भकुण्डो टोलि झापा संग ४- १ ले पराजित भएको छ l

आज जनवरी १९ बिहिबार पोखराको रंगशालामा भएको १५ औ आहा रारा गोल्ड कप मा झापा ११ का कर्ण लिम्बु ले ३ गोल गरेका थिए l यसै गरि बुद्ध चेम्जोङ्गले १ गोल थप गरि झापा ११ लाई ४ गोल मा परिणत गरेका थिए l

यसै गरि एएनएन नेपाली अमेरिकन भकुण्डो टोलिका तर्फ बाट सिसोर बिश्वकर्मा ले १ गोल फर्काएका थिए l कर्ण लिम्बु आज का उत्कृष्ट खेलाडी घोषित भएका छन् l

झापा ११ क्वाटर फाईनल को लागि नेपाल आर्मी संग भिड्ने भएको छ l उत्तर अमेरिका कै इतिहासमा पहिलो पटक अमेरिका बाट दोश्रा पुस्ताका खेलाडी मातृभूमि भकुण्डो खेल्न नेपाल गएका हुन् l अमेरिका बाट गएका दोश्रा पुस्ताका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेता पनि बिजयी हुन् सकेनन l

कर्ण लिम्बुले २६ ,७४ तथा ८९ मिनेट मा गोल गरेका थिए भने बुद्ध चेम्जोङ्गले ३२ मिनेटमा गोल गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...