Saturday, January 7, 2017

अमेरिकाको बाल्टिमोरमा “तमु ल्होशार” भब्यताकासाथ मनाईयो

७ जनवरी २०१७
अमेरिकाको बाल्टिमोर शहरमा “बाल्टिमोर तमु समाज” को आयोजनामा तमु ल्होशार भब्यताकोसाथ मनाईयो ।स्वागत समारोह र बिबिध सांस्कृतिक कार्यक्रम गरेर दुई चरणमा संचालित कार्यक्रममा गुरुङ भाषाको गीतहरु र गुरुङ संस्कृतीको छ्यादु नृत्य, छ्याले नृत्य, कौडामारुनी नृत्यमा दर्शकहरुले भरपुर मनोरंजन लिए ।

रात्रिभोज सहित “पे बार” को पनि ब्यबस्था गरिएको उक्त रमाईलो साँझमा गुरुङ भाषाको गीत तथा नृत्यहरु सहितको सांस्कृतिक कार्यक्रममा दर्शकहरु मध्ये रात सम्मै नाचेका थिए । नेपाल र अमेरिकाको रास्ट्रियगान बाट शुरु गरिएको स्वागत समारोहमा भर्खरै नेपाल देखी आऊनु भएकी आदिबासी जनजाती महिला महासंघकी केन्द्रिय ऊप-सभापती कुसुम भट्टचनलाई खादा र ब्याच लगाईदिएर अमेरिकामा स्वागत गरिएको थियो। 

 

अमेरिकाको पेन्सिल्भानिया र म्यारिल्याण्ड को लागी नेपाल सरकारका  महा-बाणिज्यदुत प्रेमराजा महतको प्रमुख-आतिथ्यमा भएको स्वागत समारोहमा ल्होशार-सयोजक कुल प्रसाद गुरुंगले ऊपस्स्थित सबैलाई स्वागत गरेका थिए। बाल्टिमोर तमु समाजको आयोजनामा यो पहिलो ल्होशार भएको कुरा संस्थाका सल्लाहकार कुल प्रसाद गुरुङले आफ्नो स्वागत मन्तब्यमा बताए ।  कार्यक्रमका प्रमुख अतिथी प्रेमराजा महत, बाल्टिमोर तमु समाजका अध्यक्ष दिनेश गुरुङ र  बयोबृद्ध लोक बहादुर गुरुङ तिन जनाले संयुक्त रुपमा पानसमा बत्ति बालेर ऊद्घाटन गरिएको  स्वागत समारोहमा ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष श्री नन्द गुरुंगले सम्बोधन गरेका थिए।
 
 
म्याग्दी जिल्ला ताकम-धारापानीका मोहन थापा संचालक रहेको  बाल्टिमोरको White Marsh स्थित Parkers ” पार्कर्स ” नाम गरेको गरेको ३०० – ४०० सिट क्षमताको Banquet Hall पार्टी प्यालेसमा तमु-ल्होशार आयोजना गरिएको थियो।  ईनेप्लॆज र डिसीनेपालले गरेको लाईभ प्रत्यक्ष – प्रशारणमा संसारभरीबाट
एक लाख ? बहत्तरहजार जनाले बाल्टिमोर – अमेरिकाको तमु ल्होशार लाईभ हेरेका थिए। 
 
 
 
dsc01351
ल्होशार-सयोजक कुल प्रसाद गुरुंग / ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष श्री नन्द गुरुंग
 
dsc01362
NRN USA को अध्यक्ष-पदका ऊम्मेद्वार रबिना थापा, आयोजक तमु महिला कार्यकर्ता र
नेपाल देखी आएकी पाहुना: आदिबासी जनजाती नेत्री कुसुम भट्टचन
dsc01384
प्रमुख अतिथी महा-बाणिज्यदुत प्रेमराजा महतको साथमा नन्द गुरुङ र दिनेश गुरुङ
 
dsc01295
dsc01370
dsc01275
dsc01440

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...