Friday, January 27, 2017

उपत्यकामा अपाङ्गमैत्री बस सञ्चालनमा

काठमाडाँ, १४ माघ । सिटी मेट्रो प्रालिले आजबाट उपत्यकामा अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ ।

हाल १५ वटा त्यस्ता बस सञ्चालनमा ल्याइएको हो । एउटा बसमा ४४ वटा सिट रहेका छन् । अपाङग, ज्येष्ठ नागरिक र बालबालिकालाई बसमा चढ्नका लागि सहज हुने व्यवस्था गरिएको सो प्रालिले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले आज एक समारोहबीच उक्त बसको उद्घाटन गर्दै उपत्यकामा बाटो सुधार र यातायातका साधनले भइरहेको प्रदूषण न्यूनीकरणका लागि सरकार गम्भीरताकासाथ कार्य गरिरहेको बताउनुभयो ।

‘‘अहिले उपत्यकामा सडक विस्तारका नाम खानपानी, बिजुली र सञ्चारमा बाधा पुगिरहेको अवस्था छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भने गृहकार्यमा सरकार जुटेको छ,’’ उहाँले भन्नुभयो, यातायातको समग्र सुधारका लागि सरकारको एक्लै प्रयास पर्याप्त नहुने भएकाले यसमा यातायात व्यवसायी, ग्राहक सबैको सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

सिटी मेट्रो प्रालिका अध्यक्ष हेमेन्द्र शेरचनले आधुनिकतासँगै यातायातका साधन आउन पनि आवश्यक रहेको चर्चा गर्दै फरक शारिरिक क्षमता भएका व्यक्तिका लागि यस्ता सुविधाजनक बसले सहजता ल्याउने धारणा व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...