Monday, January 16, 2017

फ्लोरिडा ओरल्यान्डो रात्रिकल्ब हत्याकाण्डका अभियुक्त कि पत्नीलाई क्यालिफोर्निया बाट पक्राउ

अमेरिकाको फ्लोरिडा राज्यको ओरल्यान्डो रात्रिकल्ब हत्याकाण्डका अभियुक्त ओमार माटिन कि पत्नी नूर सलमानलाई संघीय अनुसन्धान बिभाग (एफबि आई )ले क्यालिफोर्निया बाट पक्राउ गरेको छ l

गत बर्ष जुन महिना ओमार माटिनले समलैंगिक रात्री कल्बमा अन्धा धुन्ध गोलि चलाउदा ४९ जना को ज्यान लिएका थिए l यसै सम्बन्धि जाच पड्ताल गर्न उनकी पत्नीलाई क्यालिफोर्निया बाट समातिएको जानकारी अमेरिकाका महा न्यायाधिवक्ताले आज दिएका छन् l

यो गम्भीर कुरा भएकोले हामी अत्यन्तै गम्भीरता पुर्वक लिएका छौ भनेकी छन् l उनलाई सन फ्रान्सिस्कोको घर बाट पक्राउ गरेको पहिला समाचार न्युयोर्क टाइम्सले प्रकाशित गरेको थियो l सलमानलाई न्यायलाई अवरोध गरेको र बिदेशी आतंकबादी संगठनलाई सामग्री सहयोग गरेकोमा मुद्धा चलाइने भनि संघीय अनुसन्धान बिभागले जनाएको सीएनएन मा समाचार छ l

नर संहार गर्ने ओमार माटिन कि पत्नी नूर सलमान आफ्नो पतिले आक्रमण गरे पछि उनि सन् फ्रान्सिस्को गएकी थिइन् भने भोलि मंगलबार जनवरी १७ तारिख अदालतमा हाजिर हुने छिन् भनि समाचार लेखेको छ l

सलमानले गत नोवेम्बर महिनामा उनका वकिल साथ भएको समयमा न्यु योर्क टाइम्स संग ओमार को आक्रमण गर्ने योजना आफुलाई थाहा नभएको बताएकी थिइन् l सबै कुराको मलाई ज्ञान छैन र म दुखित छु र ओमारले धेरैको चित्त दुखाएकोमा म दुखि छु भनेकी थिइन् l

अनुसन्धानको क्रममा आक्रमण पछि केरकार गर्ने क्रममा उनको बयान फरक भएको छ l नर संहारका अभियुक्त ओमारकि पत्नी सलमान प्यालेस्ती नियन अमेरिकन हुन् भने क्यालिफोर्नियामा बढेकी हुन् l तर माटिन न्युयोर्कमा जन्मेका अफ़ग़ानिस्तान आप्रवासी हुन् l फ्लोरिडाओ फोर्ट पिएर्स मा बस्थे भने गाडी भाडामा लिएर ओरल्यान्डो मा गएर ४९ जना लाई मारेका थिए

माटिनले आक्रमण गर्नु अगाडी १ हजार डलर दिएर क्यालिफोर्निया आफ्नो ३ बर्षको छोरो लिएर जा भनेका थिए l आक्रमण कै क्रममा उनकी पत्नीले कहाँ छस भनि सोधेको र के के भै रहेको छ तलाई थाहा छ समेत दोहोरो संदेश आदान प्रदान भएको समेत श्रोतले जनाएको एनबिसीमा समाचार छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...