म्याड्रिड – सेभियालाई इन्जुरी समयमा सेभियालाई बराबरीमा रोक्दै रियल म्याड्रिडले ४० खेलमा अपराजित रहँदै नयाँ स्पेनिस किर्तिमान कायम गरेको छ ।
बिहिबार राती भएको कोपा डेल रे अन्तरगतको खेलमा रियल सेभियासँग ३–३ को बराबरीमा रोकिएको हो ।
जिनेदिन जिदानको टोली पछिल्लो पटक सन् २०१६ को अप्रिलमा च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको थियो । त्यसता, रियल पराजित भएको छैन ।
यसअघि बार्सिलोनाले ३९ खेल अपराजित रहँदै किर्तिमान बनाएको थियो । लुइस एनरिकेको टोलीले २०१५–१६ सिजनमा यो किर्तिमान बनाएको थियो ।
रोचक कुरा, रियलले नै बार्सिलोनालाई पराजित गर्दै उक्त यात्रामा पूर्ण विराम लगाएको थियो ।
बराबरीसँगै रियल समग्रमा ६–३ को जीत निकाल्दै प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
४४ वर्षीय रियल र फ्रान्सका पूर्व खेलाडी जिदान गत जनवरीमा रियलको प्रशिक्षक नियुक्त भएका थिए ।
त्यसयता उनले खेल हार्नुभन्दा धेरै उपाधि जितेका छन् । रियलको नेतृत्व सम्हालेयता जिदानले दुई खेल मात्र हारेका छन् भने च्याम्पियन्स लिग, क्लब विश्वकप र युइएफए सुपरकपको उपाधि जितेका छन् ।
४० खेलको अपराजित यात्रामा रियलले ३१ खेलमा जीत तथा ९ मा बराबरी गरेको छ । यसक्रममा ११५ गोल गर्नुका साथै ३९ गोल खाएको छ ।
पहिलो लेगमा ३–० ले अग्रता बनाएको रियलले बिहिबार आफ्नो घरेलु मैदानमा दोस्रो रोजाइँका खेलाडीहरुसहितको टोली मैदानमा उतारेको थियो ।
जसको फाइदा उठाउँदै सेभियाले रियलमाथि शुरुदेखि नै दबाब बनाएको थियो । खेलको १० औँ मिनेटमा ड्यानीलोले आत्मघाती गोल गरे पनि सेभियाले अग्रता बनायो ।
तर, खेलको दोस्रो हाफमा मार्को असेन्सियोले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, लगतै स्टेभन जोभेटिक र भिन्सेटे इबोराले गोल गर्दै ३–१ को अग्रता बनाए ।
तर, ८३ औँ मिनेटमा पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै कप्तान सर्जियो रामोशले खेल २–३ को स्थितिमा पुर्याए ।
इन्जुरी समयमा करिम बेन्जेमाले नाटकीय गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
No comments:
Post a Comment