Sunday, January 15, 2017

यमबुद्धप्रति श्रद्धाञ्जलि व्यक्त, बुधबार शवको पोष्टमार्टम गरिने

लन्डन, २ माघ । शनिबार बिहान लण्डनमा निधन भएका यमबुद्ध भनेर चिनिने चर्चित युवा गायक अनिल अधिकारीप्रति उनका प्रशंसकहरूले सामाजिक सञ्जालमा श्रद्धान्जलि व्यक्त गरेका छन् ।

बीबीसी नेपाली सेवाका अनुसार लण्डनको मेट्रोपोलिटन पुलिसका एकजना प्रवक्ताले स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर बीस मिनटतिर एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने एउटा फोन आएपछि प्रहरी र चिकित्सादलका सदस्यहरु घटनास्थल पुगेका थिए ।

उनले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरिएको र सो घटना शंकास्पद नठानिएको प्रहरीको निष्कर्ष रहेको पनि बताए । मृतकको शव, मृत्युको कारण पत्ता लगाउन जाँचबुझ गर्ने अधिकारी (कोरोनर) समक्ष पठाइएको पनि उनले बताए ।

अधिकारीको शवको आउँदो बुधबार पोष्टमार्टम गरिने जनाइएको छ ।
यसअघि, २९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान भेटिएको उनको पारिवारिक श्रोतले बीबीसीलाई बताएको थियो ।

उनको पारिवारिक सूत्रका अनुसार अधिकारी शुक्रबार राति कामबाट फर्केर सुत्न गएका थिए । तर बिहानै उनको शव बाथरुममा भेटिएको थियो ।

र्‍यापर अधिकारीले ‘आमा, जुत्तामा, साथी’ जस्ता कैयौं चर्चित गीतहरु गाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...