Sunday, January 15, 2017

सङ्घीय संरचनाअनुसार कर्मचारी समायोजन गर्न ऐन ल्याउँदै

काठमाडौँ, २ माघ । सामान्य प्रशासन मन्त्रालयले सङ्घीय संरचनाअनुसार निजामती कर्मचारीलाई व्यवस्थापन गर्नका लागि ‘कर्मचारी समायोजन ऐन’ ल्याउने तयारी गरेको छ ।

अहिले भएका कर्मचारीलाई सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नका लागि ऐन ल्याउन थालिएको मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी गराउनुभयो ।

उहाँका अनुसार ऐन ल्याउनका लागि परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ । ऐनमा अहिले रहेका कर्मचारी तीनै तहमा सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ । “ऐन बनेपछि सङ्घीय संरचनाअनुसार कर्मचारीलाई सरुवा गरिन्छ”– उहाँले भन्नुभयो, “समायोजनमा कार्यालय सहायकदेखि सचिवसम्मलाई सरुवा गर्ने व्यवस्था गर्न थालिएको छ ।”

मन्त्रालयले तीनै तहमा कति कर्मचारी आवश्यक रहन्छ भनी नमुना सङ्कलन गरी कर्मचारीको समायोजन गर्ने सहसचिवसमेत रहनुभएका न्यौपानेले जानकारी गराउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts