Thursday, January 19, 2017

निर्वाचित राष्ट्रपति ट्रंपले ओबामाका पचास प्रतिसत कर्मचारीलाई अस्थाई राख्ने

निर्वाचित उप राष्ट्र पति माइक पेन्सले राष्ट्रपति ओबामा बाट नियुक्त भएका करिब ५० प्रतिसत अधिकारी कर्मचारीलाई अस्थाई रुपमा व्हाइट हाउसमा राख्ने जानकारी दिएका छन् l

अर्को बिकल्प कर्मचारी नपाउञ्जेल निरन्तरता दिने पेन्स ले बताए l पेन्सले निर्वाचित राष्ट्रपति को निर्णय अनुसार उक्त निर्णय गरेको उनले वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् l

ट्रंपले हाल सम्म २१ जना मन्त्रीमंडल मनोनित गरि सकेका छन् l गत नोबेम्बर निर्वाचन अगाडी नै व्हाइट हाउसमा काम गर्न चाहना राख्ने करिब ८६ हजार उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण पठाएका र १ सय ७० जना लाई नोवेम्बर अगाडी नै अन्तर्वार्ता समेत गरेको पेन्सले बताएको समाचार सीबिएसले छापेको छ l आफ्नो आर्थिक दायरा भित्र रहनु पर्ने भएकोले समुहले काम गरि रहेको बताएका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...