Friday, January 13, 2017

जनादेश लिएर संविधान संशोधन गर्नुस् ः एमाले सचिव ज्ञवाली

भक्तपुर, २९ पुस । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाका नेतालाई निर्वाचनबाट ताजा जनादेश लिएर आफू अनुकूल संविधान संशोधन गर्न सुझाव दिनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले निर्वाचनले नै सबैको उद्देश्य पूरा गर्ने भएकाले यसको उपयोग गर्न मोर्चालाई आग्रह गर्नुभयो । सचिव ज्ञवालीले चुनावमा जान डराएर पछाडि बसे मधेसी मोर्चा इतिहासमा मात्र सीमित हुने तर्क गर्नुभयो ।

उहाँले संविधान कार्यान्वयनको पहिलो पाटो यसको संशोधन नभएर निवार्चन भएको र निर्वाचन नै सबैको मिलन विन्दु भएको चर्चा गर्नुभयो ।
संशोधन विधेयक प्रतिपक्षलगायतका दलको विरोधका माझ पनि होहल्लामा टेबल गर्नु संसद्को मर्यादाको विपरित भएको जिकिर गर्दैै सचिव ज्ञवालीले मन्त्री पदको लोभमा संविधान संशोधन गर्ने रणनीतिले संसद्मा द्वन्द्व बढ्ने बताउनुभयो । सङ्घीयतालाई विफल पार्ने काम विभिन्न शक्ति केन्द्रबाट भइरहेको आरोप लगाउँदै उहाँले मधेसी मोर्चाकै कारण सङ्घीयताबारे गलत भ्रम फैलिएको आरोप लगाउनुभयो ।

सरकारले निर्वाचनको बाटो छाडेर संविधान संशोधनको बहानामा देशलाई द्वन्द्वमा लान खोजिरहेको टिप्पणी गर्दै सचिव ज्ञवालीले सो प्रस्तावको हरेक पक्षबाट प्रतिकार गरी विफल पार्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...