Monday, February 13, 2017

भर्जिनियामा पुन न्यायाधीश द्वारा राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध विरुद्ध निषेधाज्ञा

फेब्रुअरी १३,आज सोमबार पुन भर्जिनियामा न्यायाधीश द्वारा राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध विरुद्ध निषेधाज्ञा स्वीकृत गरिएको छ l युएस डिस्टट्रिक कोर्ट फर दि इस्टर्न डिस्ट्रिक अफ भर्जिनिया का न्यायाधिस लियोनि ब्रिन्केमाले अजिज बिरुद्ध ट्रम्पको मुद्धामा ट्रम्पको यात्रा प्रतिबन्ध विरुद्ध प्राथमिक निषेधाज्ञा सहित २२ पृष्ठ लामो निर्णय गरेकी छिन् l

अर्थात् नवौ पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा गत जनवरी २७ तारिखमा कार्यकारी आदेश बाट ७ वटा मुस्लिम मुलुकका नागरिक लाई अस्थाई यात्रा प्रतिबन्ध गरिएको बिषयको अपिल लाई अदालतले पुनर्स्थापित नगर्ने फैशला गरेको थियो l यसै गरि भर्जिनियामा पुन ट्रम्पको यात्रा प्रतिबन्धलाई अस्विकार गर्दै ९ वटा मुस्लिम देशमा लागेको अस्थाई यात्रा प्रतिबन्ध बिरुद्ध फैशला गरेको छ l

भर्जिनिया राष्ट्रमंडल ले न्यायाधिसलाई प्रतिबन्धले बिश्व बिद्यालय ,सार्बजनिक बिद्यालय तथा महा बिद्यालयलाई नोक्सान पुराएको प्रमाण समेत प्रस्तुत गरेका थिए भने संघीय सरकारको तर्फ बाट कुनै प्रमाण प्रस्तुत गरिएको थिएन भनि डब्लुटिओपीले लेखेको छ l

यात्रा प्रतिबन्धलाई स्थगन आदेश को लागि अदालत संग संघीय सरकारले पुनर्विचार गर्न अनुरोध गरेको थियो भने आकस्मिक विचाराधीन स्थगन प्रस्ताव अस्विकार गरेको थियो l

 

तस्बिर स्रोत :डब्लुटिओपी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...