Wednesday, February 8, 2017

अमेरिकामा बसेका प्रबासि नेपालिहरुका लागिः- ९ वटा उपाय र सुझाबहरु इमिग्रेशन खतराबाट यसरि बचाउन सकिन्छ आफुलाइ !

तपाइ अमेरिकामा प्रबासि नागरिक हुनुहुन्छ​? अमेरिकाको नागरिकता लिनु भ​एको छ​? अमेरिकाको नागरिकता नेचुरलाइज्ड प्रक्रियाबाट प्राप्त गर्नु भ​एको हो? के तपाइ अमेरिकाको ग्रिनकार्ड होल्डर हुनुहुन्छ​? के तपाइसङ्ग ग्रिनकार्ड छ​? के तपाइ अमेरिकामा अझै भिषामा बसिरहनु भ​एको छ​? वा के तपाइसङ्ग वर्क पर्मिट अर्थात काम गर्ने अनुमति कार्ड छ​? के तपाइसङ्ग सोसियल सेक्युरिटी कार्ड छ​? वा तपाइ बर्ष वा सो भन्दा माथि देखि अमेरिकामा बसिरहनु भ​एको तर तपाइसङ्ग कानुनि हैसियतले बस्ने आधार गुमिसकेको वा तपाइ कागजबिहिन अबस्थामा अमेरिकामा बस्दै आउनु भ​एको छ​? वा तपाइ अनडकुमेन्टेड इमिग्रेन्ट हुनुहुन्छ​? तपाइ वा तपाइ तपाइको परिवार माथि उल्लेखित जुनसुकै स्ट्याटसमा रहनु भ​ पनि अहिले भर्खरै अमेरिकन नया राष्ट्रपति डोनाल्ड जे ट्रम्पको आप्रबासि, कागजसहित कागजबिहिन प्रबासिमा  फैलिदै गरेको त्रास भबिश्यको चिन्ता चासो एबम जातिय आधारमा मुस्लिम मुलुकका मुस्लिमहरु माथि गरिएको निषेध अमेरिकन अदालत द्वारा भ​एको निस्तेजको चर्चा, परिचर्चा एवम यसमाथिको उग्र बिबाद​, दन्द ससकित अबस्था बिद्यमान अहिले अमेरिकामा। अमेरिकामा रहेका प्रबासि चाहे नेपालि हुन, चाहे अन्य नै अहिले यिनै प्रबासि समुदाय​, उनका परिवार​, आफन्त एबम शुभचिन्तकहरु अमेरिका ससार भर नै चिन्चित​, त्रासदि छन अहिले। यसबाट कसरि आफु आफ्ना परिवारल​ सुरक्षित राख्न सकिन्छ भबिश्यमा समस्या आइहालेमा कसरि बच्ने सबालमा चिन्ता चासो बढिरहेको मैले पाएको छु। यसैलाइ आधार मानि अमेरिकामा रहेका नेपालि प्रबासि हरु चाहे नागरिकता नै लिएका किन नहुन, ग्रिनकार्ड नै किन नहुन वा उनिहरुसङ्ग कागज नभ​एकाहरुलाइ कसरि बच्न सकिन्छ त?  कसरि त्यारि अबस्थामा आफुलाइ राख्न सकिन्छ भन्नका खातिर वटा उपाय​, सुझाबहरु तरिकाहरु यस लेखमा समेट्ने प्रयास गरेको छु। के हुन ति मुल उपाय मन्त्रहरुः

१) नेचुरलाइज्ड अमेरिकन नागरिक प्रबासिहरुः यदि तपाइको जिब्रो, छाला, बोलि हेराइ बिदेशि वा बाहिरको एक्सेन्ट तपाइ अमेरिकाको १०० माइल सिमानामा ट्राभल गरिरहनु भ​एको वा तपाइ घर बाहिर निस्कनु भ​एको भने चाहे त्यो समुन्द्रि तटमै किन नहोस, यस्तो अबस्थामा तपाइसङ्ग आफ्नो पासपोर्ट​, पासपोर्ट कार्ड वा नेचुरलाइजेशन नागरिकताको प्रतिलिपि वा ओरिजिनल साथमा बोक्न नभुल्नु होला। अमेरिकामा रहेका प्रबासिहरुमा हुनसक्ने धरपकड​, खोजतलासि वा डिपोर्टेशनको सभाबित घटनालाइ पुर्बानुमान लगाउदै वा तयारि अबस्थामा रहन यस्ता प्रमाण सहितका कागजहरुको प्रतिलिपि आफ्नो बासस्थान​, घर वा एपार्टमेन्ट वा सुरक्षित स्थल जस्तै बैङ्कको लकर बक्समा राख्न नभुल्नु होला। सुरक्षा निकाय​, प्रहरि, यु एस इमिग्रेशन एन्ड कस्टम इनफोर्समेन्टले खोजतलासि गर्दा आफ्नो प्रमाण आफुसङ्ग राख्नु उत्तम हुनेछ जसबाट अनाबश्यक पाइने दुखबाट मुक्ति मिल्नेछ​

२) ग्रिनकार्ड​(स्थायि बासिन्दा):- अधिकाश प्रबासि, मानिस वा ग्रिनकार्ड भ​एका प्रबासिहरुलाइ यो थाहा नहुन सक्छ कि अमेरिकन फेडेरल सरकारको कानुनको यु एस सि १३०४(इ)अन्तर्गत तपाइ बिदेशि नागरिक हुनुहुन्छ तपाइसङ्ग अमेरिकि ग्रिनकार्ड भने उक्त ग्रिनकार्ड तपाइले हरबखत आफ्नो पहिचानका निम्ति बोकेर हिड्नु जरुरि हुन्छ​ उक्त कार्ड जुनसुकै बेला जहासुकै आबश्यक परे देखाउन जरुरि हुन्छ​ यसको प्रतिलिपि घरमा वा बासस्थानमा राख्न राख्दा राम्रो हुनेछ​ यो कार्ड हराएमा प्रतिलिपि प्राप्तिका लागि फेरि निबेदन दिदा शुल्क तिर्नु पर्ने प्राप्त गर्न समय लाग्ने हुन्छ कहिलेकाहि झन्झटिलो हुने हुन्छ​ यदि तपाइको ग्रिन कार्डको मिति गुज्रिदैछ भने महिना अगावै नबिकरणका लागि निबेदन दिदा राम्रो हुनेछ यो अबसर एक नबिकरण कार्यकाल १० बर्षका लागि मात्रै प्राप्त हुनेछ​ यसको सट्टा ग्रिन कार्ड प्राप्त गरेको बर्षमा नेचुरलाइजेशन प्रक्रिया अन्तर्गत नागरिकताको निबेदन दिन सकिनेछ​

३) कानुनि रुपमा रहेका ननइमिग्रेन्ट​(डि सिए, यु भिषा, इएडी, भिजिटर्स​, बिद्यार्थि तथा एच वान बि आदि):- वर्क पर्मिट कार्ड वा कागजात​, आइ-९४ कार्ड​, प्रबेश अनुमति सहितको पासपोर्ट स्ट्याम्प वा कानुनत बसेको प्रमाणहरु साथमा हरदम बोकिरहनु जरुरि छ​ ओरिजनल प्रमाणहरु साथमा राख्ने प्रतिलिपि कुनै सुरक्षित स्थानमा राखिरहनु होला।

४) कागजबिहिन इमिग्रेन्ट जो बर्षभन्दा बढि अमेरिकामा बसेका छन​: यदि तपाइ अमेरिकामा बर्ष वा सो भन्दा माथि बसेको प्रमाण आधारहरु सङ्गै राख्न नभुल्नु होला। किन के का लागि त​? राष्टपति ट्रम्पले भर्खरै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाइ अमेरिकामा बर्ष वा सो भन्दा माथि बसेका, पासपोर्ट एक्सपायर्ड भैसकेका, एसाइलमका निबेदन नदिएका वा छुटेका जो सङ्ग आफु बर्ष रहेको आधारहरु देखाउन सक्दैनन ति कागजबिहिन इमिग्रेन्टलाइ हटाउने, निकाल्ने रणनिति, मनसाय सहितको आदेश अन्तर्गत कुनैपनि बेला  इमिग्रेशन इन्फोर्समेन्ट निकायले अप्ठेरो पार्न सक्ने अबस्था सिर्जना हुनसक्छ धरपकड नहोला भन्न सकिन्न पनि। यस्तो अबस्थामा जो सङ्ग कागज छैन उनिहरुले आफुलाइ तयारि अबस्थामा राख्न जरुरि छ​ त्यसबेला तपाइसङ्ग तपाइले तिरेको फोन​, बिजुलिबत्ति, पानि बिल रसिद, मेल वा अन्य कागजात जसले तपाइ अमेरिकामा रहेको प्रमाण जुटोस। तर तपाइले काम गर्दा वा तनाखा बुझ्दा अर्काको नाम डकुमेन्ट प्रयोग गरिरहनु भ​एको भने पे स्टब देखाउदा होसियारि अपनाउनु होला नत्र अर्को कानुनि दुख ब्यहोर्नु पर्ने हुनसक्छ​ तपाइसङ्ग पारिवारिक योजना, मानसिकता तयारि अबस्थामा राख्नु होला आबश्यक प्रमाणहरु सङ्गै राख्नुहोला जुनसुकै बेला तपाइले झेल्नु पर्ने धरपकड वा झमेलामा कानुनि सहायताका लागि आबश्यक पर्ने जानकारिहरु तपाइको साथमा रहिरहोस​

५) कागजबिहिन इमिग्रेन्ट यदि बर्ष भन्दा कम अमेरिकामा बसिरहनु भ​एको भनेः दुख लाग्दो कुरा राहि के भने यदि तपाइसङ्ग कागज छैन बर्ष भन्दा कम अमेरिकामा रहनु भ​एकोम अबस्थामा तपाइसङ्ग तयारि योजना हुनु जरुरि छ​ यदि तपाइ समातिनु भयो तपाइ यो कन्डिशनमा हुनुहुन्छ भने तपाइ पुर्ब तयारिमा रहनु उत्तम हुनेछ​ यदि तपाइ समातिनु भयो भने तपाइको परिवारले वा आफन्तले यु एस इमिग्रेशन एन्ड कस्टम इनफोर्समेन्टको थुनुवा वेभसाइटमा तपाइको नाम हेर्न देख्न सकुन जसले तपाइको अबस्था आबश्यक कानुनि पहलका लागि कदम चाल्न सकियोस​ यदि तपाइलाइ इमिग्रेशन निकाय तथा अफिसले बण्ड धरौटिमा निस्कन दिएन भने वा तपाइल​ घर फर्कन त्रास भने तपाइले आफ्नो अबस्थाको जानकारि आफ्नो परिवार वा आफन्तलाइ दिन सकियोस​

६) कागजबिहिन इमिग्रेण्ट जो १० बर्ष अमेरिकामा बसेका छन साथमा नालबच्चाहरु पनि छन भनेः यदि तपाइ १० बर्ष वा सो भन्दा माथि कागजबिहिन अबस्थामा अमेरिकामा बसिरहनु भ​एको भने तपाइलाइ डिपोर्टेशन वा निस्कासनको रद्द गराउने कानुनि अधिकार हुनेछ​ तर यसका लागि तपाइसङ्ग आफ्ना बसाइका आधार कागजहरु दुरुस्त राख्नु होला। जसबाट तपाइलाइ बन्ड धरौटीमा सजिलो हुनेछ कानुनि सहायताका लागि पनि। तर तपाइसङ्ग तपाइका कागजहरु ब्यबस्थित छैनन भने तपाइलाइ कठिनाइ मात्रै होइन तपाइको कानुनि आधारहरु समाप्त भै तपाइलाइ निकाल्न सक्दछ​

७) अमेरिकन अनागरिक​( ग्रिनकार्ड​, भिषा वा अनडकुमेन्टेड प्रबासि) जो सङ्ग कागज छैन अपराधमा सम्लग्न वा अदालतबाट दन्डित भैसकेको अबस्था वा गिरफ्तारि भ​एको अबस्थामाः यदि अपराध गरेको छ​, अदालतबाट दन्डित भैसकेको वा गिरफ्तारि परेको अबस्थामा आइ सीले थुनेर राखेको भने यस्तो अबस्थामा धेरै कमै बण्ड धरौटिमा निस्कने अबस्था हुन सक्दछ​ यदि रिमोभलबाट छुटकारा दिएको अबस्था  भने यस्तो अबस्थामा बन्ड धरौटिको हकदार दिन सक्दछ​ तर अबस्था स्थानमा पनि भर पर्ने हुन्छ​ यस्तो अबस्थामा आफ्ना कागजहरु दुरुस्त राख्दा राम्रो हुन सकदछ जसबाट आफ्ना वकिलले बण्ड धरौटि खिजिदिने कानुनि सहायता दिदा सहज हुन सक्नेछ​

८) डिपोर्टेशन अर्डर पुर्बका कागजबिहिन इमिग्रेण्ट​:  यदि डिपोर्टेशन गर्ने पुर्ब आदेश तपाइ अमेरिकाका प्रबेश गर्दै हुनुहुन्छ भने तपाइ अमेरिकन फेडेरल सरकारले तपाइलाइ फिर्ति प्रबेशको अपराधमा मुद्दा चलाइ जेलमा राख्न सक्नेछ जुन डिपोर्टेशनको प्रक्रितिमा भर पर्नेछ बर्ष सम्म जेलमा राखि फिर्ति पठाउन सक्नेछ​ अहिलेका राष्ट्रपतिले यसखाले यस प्रक्रितिका केसहरुलाइ अघि बढाउने मत्सद ब्यक्त गरिसकेका छन​ यस्तो अबस्थामा कसरि समाधान गर्ने सम्बन्धमा आफुलाइ तयारिमा राख्दा राम्रो हुनेछ​ त्यस्तै तपाइ अमेरिकामै हुनुहुन्छ तपाइलाइ डिपोर्टेशनको आदेश भैसकेको अबस्थामा जति चाडो इमिग्रेशन वकिल सङ्ग सम्पर्क राखि आफुलाइ बचाउने तरखर गर्नुहोला। डिपोर्टेशनको मुद्दा उल्टाउन वा पुन फाइल खोल्न इमिग्रेशन वकिलले तपाइलाइ मार्ग खोलिदिन सक्छन​

९) कागजबिहिन तर आइ सी इको गिरफ्तारिमा परेको अबस्थामाः यस्तो अबस्थामा आफुलाइ मानसिक तयारि अबस्थामा राख्दा राम्रो हुनेछ जसबाट आफ्ना परिवार आफन्तको हेरचाह​, बच्चा, स्कुल​, सम्पर्क ब्याक्ति पावर अफ अटोर्निको ब्यबस्था कानुनि सहायताका लागि बन्दोबस्तिका लागि त्यारि अबस्थामा बस्दा राम्रो हुनेछ​

अन्त्यमा, यो लेख तपाइहरुलाइ तर्साउने, मानसिक त्रास दिनका लागि नभ​एर भैपरि आउने केसमा, अबस्थामा आफुलाइ होशियारि, तयारि इमिग्रेशन वकिलको ब्यबस्थाका लागि प्रि इन्फर्म मात्र गरेको हु जसबाट तपाइलाइ सहयोग​, राहत समयमा नै आफुलाइ तयारि अबस्थामा राख्न मद्दत पुगोस पुग्न सकोस भन्ने मेरो अभिप्राय हो। मलाइ लाग्दछ कि यसबाट यो अध्ययनले धेरैलाइ लाभ पुगोस पनि।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...