Wednesday, February 22, 2017

२० डीआईजीको सरुवा, चन्द र सिलवाल यथावत्

काठमाडौं, ११ फागुन । गृह मन्त्रालयले नेपाल प्रहरीका २० डीआईजीको सरुवा गरेको छ । सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गरे लगत्तै गृहले डिआइजीको सरुवा निकालेको हो ।

आज सार्वजनिक भएको सरुवा सूचीमा आइजीपीको प्रतिष्पर्धामा रहेका प्रकाश अर्याल र बमबहादुर भण्डारीको सरुवा भएपनि आइजी नियुक्त्ती प्रक्रियालाई लिएर सर्वोच्च पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख नवराज सिलवाल र सरकारले आइजीमा नियुक्त गरेका लागु औषध नियन्त्रण ब्युरोमा रहेका जयबहादुर चन्द भने साविककै कार्यालमा छन् ।

अर्याल अपराध अनुसन्धान विभागमा सरुवा भएका छन् भने भण्डारी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका छन् । यी दुबै कार्यालयको प्रमुख एआइजी हुने भएपनि अहिले प्रहरीमा जनपद तर्फका एआइजीका सबै पद रिक्त छ । यी दुबैले ती कार्यालयका निमित्त प्रमुखका रुपमा काम गर्नेछन् ।

सूची अनुसार क्षेत्रीय प्रहरी कार्यालय पूर्वाञ्चलमा रमेश भट्टराई, क्षत्रीय प्रहरी कार्यालय मध्यमाञ्चलमा गणेश केसी, पश्चिमाञ्चलमा मधु पुडासैनी, मध्यपश्चिममा विजयलाल कायस्थ, र सुदूरपश्चिममा रोमिन्द्रसिंह देउजाको सरुवा भएको छ ।

संगठित र अन्तदेशिय अपराध हेर्ने प्रहरीको विशेष ब्यूरोमा हेमन्तबहादुर पाल पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कमल सिंह बम, ट्राफिक महाशाखामा मिङमार लामा, प्रहरी एकेडेमीमा देवेन्द्र सुवेदी आएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...