Saturday, February 18, 2017

सातौं कान्तिपुर–हिरो हाफ म्याराथनमा हरि रिमाल र कान्छीमाया कोजु प्रथम

 

काठमाडौं, ७ फागुण । सातौं कान्तिपुर–हिरो हाफ म्याराथनमा नेपाली सेनाका हरि रिमाल प्रथम भएका छन् भने तीर्थकुमार पुन दोस्रा भएका छन् ।

महिलातर्फ भने सशस्त्र प्रहरीकी कान्छीमाया कोजु प्रथम र विश्वरुपा बुढामगर दोस्रा भएकी छिन् ।कान्तिपुरको स्थापना दिवसका अवसरमा आयोजना गरेको म्याराथनको प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए ।

२१ किलोमिटर दौडमा समाजका विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो । महिला र पुरुष दुवै विजेताले ५० हजार रुपैयाँसहित स्कुटर पाएका छन् भने उपविजेताले ३०/३० हजार र तेस्रो हुनेले २०/२० हजार रुपैयाँसहित मोबाइल पनि पाएका छन् ।

चौथोले १०/१० हजार, पाँचौंले ५/५ हजार र छैटौं स्थानमा रहनेले ३/३ हजार पाउने व्यवस्था मिलाइएको छ ।
हाफ म्याराथनमा ९ सय ४७ धावक सहभागी भए भने महिलातर्फ १ सय १९ धाविका दौडिए । कान्तिपुर पब्लिकेसन्सको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट दौड सुरु भएको हो ।

तीन किमिको ह्विलचेयर दौडमा भने ३९ सहभागी भए । ५ किमि कर्पोरेट–मिडियामा करीब ५ सय सहभागि भए ।

तस्विर : कौशल अधिकारी Ekantipur.com

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...