Thursday, February 16, 2017

लाखौं खर्चेर अमेरिका हिँडेका तीन सय नेपाली मेक्सिकोमा अलपत्र

काठमाडौं, ५ फागुन । लाखौं रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अलपत्र परेका छन् ।

अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ तथा मेक्सिकोसँग सीमामा पर्खाल लगाउने कार्य सुरु गरेसँगै हवाई, स्थल र जलमार्ग हुँदै मानव तस्करहरुको साथमा महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली सीमामा अड्किएका हुन् ।

मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनासम्म समय लगाएर मेक्सिको आइपुगेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । अमेरिका छिर्न उनीहरुले न्युनतम ४० देखि अधिकतम ७५ लाखसम्म खर्चेको पाइएको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले मेक्सिकोमा नेपालीहरु अलपत्र परेको खबर आएको र जाँचबुझ भइरहेको बताए । ‘अवैधानिक रुपमा आएकाहरुको खोजी गर्ने र बुझ्ने काम गरिरहेका छौ,’ राजदूत कार्कीले भने, ‘दूतावासले दक्षिण अमेरिकी मुलुक र अमेरिकासंग पनि सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने र डाटा राख्ने काम गर्न थालेको छ ।’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...