Thursday, February 23, 2017

स्थानीय निर्वाचन सम्पन्न गराउन सरकार लागि परेको छः प्रधानमन्त्री प्रचण्ड

रुकुम, १२ फागुण । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयभित्र स्थानीय निर्वाचन सम्पन्न गराउने कार्यमा सरकार लागि परेको बताउनुभएको छ ।

मध्यपचिमाञ्चल रुकुम महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय निर्वाचनमार्फत नै अब देशको मुहार फेरिने बताउनुभयो । देशलाई आर्थिक समृद्धिमा बदल्नका लागि पनि अहिलेको मुख्य एजेण्डा भनेको नै निर्वाचन र संविधान कार्यान्वयन गर्नु सरकारको मुख्य काम रहेको बताउनुभयो ।

यस्तै संविधान कार्यान्वयनका लागि ससंदभित्र पनि सत्तापक्ष र विपक्षीबीच आफूले महत्वपूर्ण भुमिका खेलिरहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । साथै उहाँले देशमा संविधान घोषणा भएपनि मुलुकमा परिवर्तन, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण कुराहरु मन नपराउनेहरुले यतिबेला संविधान कार्यान्वयन समेत असफल गराउन खोजिरहेको बताउनुभयो । तर, त्यसको लागि सरकार संधै आम नेपाली जनताको पक्षमा रहँदै राष्ट्रको रक्षा र सुदृढिकरण गर्ने जिम्मेवारीमा रहेको पनि बताउनुभयो ।

उहाँले अब देशको आर्थिक विकासलाई गति दिन र समाजवादको आधार निर्माण गर्न सर्बप्रथम आर्थिक विकास नै हुर्नुुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै राष्ट्रिय गौरवका आयोजना लगायत नेपालको आर्थिक समृद्धि र विकासका लागि पनि आफू लागिपरेको प्रधानमन्त्री प्रचण्डकोे भनाई थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...