Wednesday, February 1, 2017

एमालेले मेची महाकाली अभियान सञ्चालन गर्ने

काठमाडौँ, १९ माघ । नेकपा (एमाले)ले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान तथा संविधान कार्यान्वयनका लागि दुई हप्ते मेची महाकाली राष्ट्रिय अभियानको कार्यतालिका सार्वजनिक गरेको छ ।

एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली समाजमा विद्यमान जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक एकता कमजोर पारी राष्ट्रिय एकता र अखण्डतामा नै आँच आउने क्रियाकलाप रोक्न सो अभियान गर्न लागिएको जनाइएको छ ।

आगामी फागुन २१ गते सुखानीका सहिद दिवसका अवसरमा झापाको काँकडभिट्टाबाट शुभारम्भ हुने अभियान विभिन्न जिल्लामा ¥याली, सभा र रचनात्मक कार्यक्रम गर्दै चैत ५ गते सुर्खेतमा जनसभा गरी सम्पन्न हुनेछ ।

एमालेले अभियानका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डलको स्थायी टोली निर्माण गरेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता र समृद्धिका लागि अभियान गर्न लागिएको बताउँदै ‘हामीले कसैसँग निहुँ खोज्न वा सम्बन्ध बिगार्न यो अभियान सञ्चालन गर्न लागेको होइन, एमालेमाथि फैलाइएका भ्रम चिर्नका लागि यो अभियान सुरु गर्न लागिएको छ भन्नुभयो ।”

उहाँले सत्तापक्षले निर्वाचन घोषणा नगरेको, लेखा समितिको सभापति पनि आफैँ राखेको र बजेटको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...