Saturday, February 18, 2017

ओलीलाई देउवाले भने- होस गर्नुस् झापामा तपाईलाई राप्रपाले टक्कर दिनसक्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा राप्रपाले एमालेलाई पनि धक्का दिनसक्ने टिप्पणी गरेका छन् ।

राप्रपाको एकता महाधिवेशनमा शुभकामना दिन पुगेका देउवाले एमाले अध्यक्ष केपी ओलीकै गृहजिल्ला झापामा राप्रपाले टक्कर दिनसक्ने भन्दै सचेत गराए ।

सुरुमा सम्बोधन गरेर एमाले अध्यक्ष ओलीले राप्रपाले एमाले बाहेक अरु दललाई धक्का दिन सक्ने बताएपछि जवाफमा देउवाले राणा शासनदेखि पञ्चायतविरुद्ध पनि कांग्रेसले बहुदलीय व्यवस्थाका लागि लडेको र बहुदलीय व्यवस्था आउनु नै कांग्रेसको जित भएको बताउँदै चुनावमा कसलाई जिताउने भन्ने त जनताको हातमा रहेको बताए ।

देउवाले हाँस्दै भने, ‘ओलीजी, राप्रपाको सबैभन्दा धेरै भोट झापाबाटै आएको छ । होस् गर्नुस् ।’

हेर्नुस् भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...