Saturday, February 4, 2017

एनआरएनए अमेरिकाले अन्तरराष्ट्रिय नारी दिवस मनाउने

आगामी मार्च ८ तारिख अन्तरराष्ट्रिय नारी दिवस एनआरएनए अमेरिकाले मनाउने निर्णय गरेको छ l गत आईतबार महिला संयोजन समितिले अन्तरराष्ट्रिय महिला दिवस राष्ट्रब्यापी रुपमा एनआरएनए अमेरिकाका शाखाहरुको माध्यमबाट बिबिध कार्यक्रमका साथ मनाउने निर्णयको गरेको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,अमेरिकाकि महिला संयोजक राधा पौडेल जानकारी गराएकी छिन् l

बैठकका अनुसार हामीले बिगतमा झैं एनआरएनए अमेरिकाले कार्यसमिति तथा महिला समितिका सम्पूर्ण साथीहरु र शाखाका साथीहरुबाटआ –आफ्नो स्थानमा कार्यक्रम भव्यताका साथ मनाउन सबैको सक्दो सहयोगको अपेक्षा गरेको पौडेलले जनाएकी छिन् l

अत ;अमेरिका भरि छरिएर रहेका रसम्पूर्ण बुद्दिजिबी ,समाजसेवी र विभिन्न संघ संगठनका प्रतिनिधिहरुमा महिला जागरण र सशक्तिकरणका लागि आ-आफ्नो क्षेत्रबाट यो दिवस मनाउनका लागि समेत अनुरोध महिला संयोजक राधा पौडेलले गरेकी छिन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...