Saturday, February 11, 2017

बजारको भन्दा संस्थानको चामल महंगो हुँदा विक्रि भएन

सल्लेरी (सोलुखुम्बु), १ फागुन । नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक केजी पनि बिक्री भएन । बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि त्यही अनुसार बिक्री मूल्य तय गरिएको हो । उहाँ भन्नुहुन्छ, संस्थानमा मन्सुली चामलको मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा रहेको छ भने बजारमा यही चामल ४५ रुपैयाँ केजीमा बिक्री भइरहेको छ । यतिबेला सल्लेरी डिपोमा बिक्री नभएको सबै चामल लुक्ला डिपोमा पठाउने तयारी भइरहेको छ ।

सोताङ डिपोमा विगत दुईवर्ष देखिनै चामल बिक्री हुन छाडेपछि ढुवानीसमेत गर्न नसकिएको प्रमुख रेग्मीले बताउनुभयो ।

खाद्यन्नको चामल गोदाममै थन्किएपछि बिक्री मूल्य संशोधनका जिल्ला प्रशासन कार्यालय र संस्थानको प्रधान कार्यलयमा पत्र पठाइसकिएको छ । सल्लेरी डिपोमा अहिले दुई सय ४२ क्वीन्टल चामल मौन्दात छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...