Friday, February 10, 2017

जैकी चेनको फिल्मले कमायो १० अर्ब

 

मुम्बई । चीनका सुपरस्टार जैकी चेनको फिल्म ‘कुंग फू योगा’ले करिब १० अर्ब भारतीय रुपैयाँ कमाएको छ ।

बलिउड फिल्मले ३ देखि करिब ४ अर्ब रुपैयाँसम्म कमाएका खबर सुनिएका भएपनि जैकीको फिल्मले भने चाइनीज बक्स अफिसमा ९ सय ४३ करोड अर्थात करिब १० अर्ब रुपैयाँ कमाएको छ ।

हालै मात्र अभिनेता आमिर खान अभिनित फिल्म ‘दंगल’ले बलिउड बक्स अफिसमा ३ सय ८६ करोडको नेट व्यापार गरेको थियो ।

तर, जैकीको यो फिल्म भारतमा खासै सफल हुन नसकेको बताइएको छ । जैकी चेनको साथमा बलिउडका २ कलाकार सोनु सुद र दिसा पटानी फिल्मको मुख्य भूमिकामा छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...